सभामुख पदमा माननीय देवराज घिमिरे निर्वाचित


प्रतिनिधि सभाका सदस्य माननीय देवराज घिमिरे सभामुखमा निर्वाचित हुनुभएको छ। प्रतिनिधि सभाको २०७९ माघ ५ गतेको बैठकमा उहाँलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत परेको थियो।