सभामुख घिमिरेद्वारा पदभार ग्रहण


सम्माननीय सभामुख देवराज घिमिरेज्यूले २०७९ माघ ६ गते पद तथा गोपनियताको शपथ ग्रहण पश्चात सिंहदरबार स्थित आफ्नो सचिवालयमा सभामुख पदको पदभार ग्रहण गर्नुभएको छ। उहाँलाई संघीय संसद सचिवालयका महासचिव, प्रतिनिधि सभाका सचिव, राष्ट्रिय सभाका सचिव, सचिवालय सचिवहरू र सचिवालयका कर्मचारीहरूले स्वागत गर्नुभएको थियो।