समितिको सभापति पदमा निर्वाचन सम्बन्धी ।
(समितिका माननीय सभापति ठाकुर प्रसाद गैरे सम्माननीय सभामुख समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै।)
संघीय संसद अन्तर्गत गठित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को पहिलो बैठक मिति २०८१ साउन ३१ गते समितिका ज्येष्ठ सदस्य माननीय बुद्धिमान तामाङको सभापतित्वमा बस्यो । समितिको सभापति पदको निर्वाचन विषयक उक्त बैठकमा समितिका सदस्य माननीय सरस्वती सुब्बाको प्रस्ताव र माननीय दिलेन्द्र प्रसाद बडूको समर्थनमा माननीय ठाकुर प्रसाद गैरे समितिको सभापति पदमा निर्विरोध निर्वाचित हुनुभयो । त्यसपश्चात् माननीय सभापतिले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम ३८ बमोजिम सम्माननीय सभामुख समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो।