निर्माणाधीन संघीय संसद भवनको स्थलगत अध्ययन अनुगमन भ्रमणको एक झलक।

(समितिद्वारा गरिएको निर्माणाधीन संघीय संसद भवनको स्थलगत अध्ययन अनुगमन भ्रमणको एक झलक)
मिति २०८२ वैशाख १७ गते बसेको समितिको बाह्रौं बैठकको निर्णय बमोजिम मिति २०८२ वैशाख २१ गते समितिका माननीय सभापति ठाकुर प्रसाद गैरेको नेतृत्वमा समितिद्वारा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको स्थलगत अध्ययन अवलोकन, अनुगमन तथा निरिक्षण गरियो। उक्त कार्यक्रममा समितिका माननीय सदस्यहरु, शहरी विकास मन्त्रालयका सचिव ई. गोपाल प्रसाद सिग्देल, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन, मन्त्रालय/विभागका कर्मचारीहरु, समिति सचिवालयका कर्मचारीहरु, संघीय संसद भवन निर्माण व्यवसायी/ ठेकेदार लगायतको उपस्थिति रहेको थियो। साथै स्थलगत अध्ययन अवलोकन, अनुगमन तथा निरिक्षण कार्यपश्चात् शहरी विकास मन्त्रालयका सचिव ई. गोपाल प्रसाद सिग्देलले सोही स्थानमा संघीय संसद भवन निर्माण कार्यको प्रगतिबारे प्रस्तुतीकरण दिनुका साथै समितिका माननीय सभापति एवं माननीय सदस्यहरुद्वारा व्यक्त धारणा एवं जिज्ञासाहरुबारे प्रष्ट्याउनुभएको थियो।