लेख उपलब्ध गराउने सम्बन्धी सूचना


संघीय संसद सचिवालय
(स्मारिका प्रकाशन समिति)

मितिː २०७९/०६/१३

सूचना


विषयː लेख उपलब्ध गराउने सम्बन्धमा ।
 
प्रस्तुत विषयमा आगामी २०७९ मंसिर २८ गते मनाइने संघीय संसद सेवा दिवसको अवसरमा “स्मारिकाˮ प्रकाशन गर्ने प्रयोजनार्थ देहायको विषयक्षेत्र अन्तर्गत रही विशिष्ट कुनै एक शीर्षकमा लेख तयार पारी स्मारिका प्रकाशन समितिमा यही मिति २०७९ कार्त्तिक १५ गते भित्र उपलब्ध गराइदिनुहुन संघीय संसदका माननीय सदस्यहरु, पूर्व सदस्यहरु, सचिवालयमा कार्यरत कर्मचारीहरु तथा पूर्व कर्मचारीहरु एवं विषय-विज्ञहरुमा हार्दिक अनुरोध गरिन्छ ।
लेखसँग सम्बन्धित विषयक्षेत्रː
  • संविधान,
  • कानून निर्माण,
  • संसदीय प्रक्रिया, संसदीय अभ्यास एवं संसद सचिवालय सबलीकरण,
  • निर्वाचन प्रणाली,
  • समसामयिक मामिलाहरु (दिगो विकास, समावेशी विकास, सहभागितामूलक विकास, गरिबी निवारण, लैंगिक सवाल, जलवायु परिवर्तन),
  • संघात्मक शासन प्रणाली तथा अन्तरसरकारी व्यवस्थापन,
  • आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व,
  • अन्तर व्यवस्थापिका संघ (IPU), एसियाली व्यवस्थापिका संगठन (APA), संसदीय मैत्री समूह र संसदीय कुटनीति,
  • सार्वजनिक जीवनका मूल्यमान्यताहरु ।                               
लेख सम्बन्धी शर्तहरुː
  • लेखले सैद्धान्तिक साथै व्यवहारिक पक्षलाई समेटेको हुनुपर्नेछ ।
  • लेख अनुभवमा आधारित, मौलिक, समयसापेक्ष र नविनतम दृष्टिकोणयुक्त एवं अनुसन्धानमूलक हुनुपर्नेछ ।
  • लेख समसामयिक, सान्दर्भिक, विशिष्ट राष्ट्रिय अवस्था र अन्तर्राष्ट्रिय नवीनतम अभ्यास एवं प्रकृति झल्कने खालको हुनुपर्नेछ ।
  • लेख २५००-३५०० शब्दसम्मको हुनुपर्नेछ ।
  • लेख नेपालीमा कालीमाटी फन्ट १० साइज वा अंग्रेजीमा Times New Roman फन्ट १२ साइजमा हुनुपर्नेछ ।
  • लेखका साथ हालसालै खिचिएको पासपोर्ट साइजको १ प्रति फोटो र लेखको Softcopy  र Hardcopy दुवै उपलब्ध गराउनुपर्नेछ ।
  • लेख निर्धारित समयावधिभित्र समिति समक्ष उपलब्ध गराउनु पर्नेछ ।
  • एकै शीर्षकमा एकभन्दा बढी लेख प्राप्त भएमा स्मारिका प्रकाशन समितिको निर्णयानुसार उत्कृष्ट ठहरिएको लेखलाई प्राथमिकता दिइनेछ ।
  • अन्यत्र प्रकाशन नभएका लेखमात्र प्रकाशनको लागि ग्राह्य हुनेछन् ।
  • लेखमा अन्य विषयहरुको अतिरिक्त कार्यकारी सारांश ( Abstract), निष्कर्ष (Conclusion), सन्दर्भ सामग्री (References), र आवश्यकतानुसार उद्धरण (Citation) उल्लेख भएको हुनुपर्नेछ ।
  • प्रकाशित लेखका लागि सचिवालयले नियमानुसारको पारिश्रमिक उपलब्ध गराउने छ ।
 
सम्पर्क व्यक्तिː
शा.अ. श्री सबिना चालिसे,
शा.अ. श्री जीवन कुमार निरौला
सम्पर्क नं. ९८४९०२९३७७, ९८४१४१४२३७
email: samsadsmarika@parliament.gov.np
                                                            (सबिना चालिसे)
सदस्य-सचिव