समितिको सैँतिसौँ बैठक


विषयः बैठक बस्ने बारे।
संघीय संसद, कानून, न्याय तथा मानव अधिकार समितिको सैँतिसौँ बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकाले माननीय सदस्यज्यूहरूलाई उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गर्दछु।
कार्यक्रमः-
मितिः २०८१/०४/१३ गते आइतवार
समयः बिहान ९:०० बजे
स्थानः समितिको सभाकक्ष (काठघर न. २), संघीय संसद सचिवालय, सिंहदरबार ।
कार्यसूचीः-
  1. नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल ।
  2. विविध
(अधि राज राई)
समितिको सचिव