४२ औं बैठक बस्ने सम्बन्धमाः


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ४२ औं बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले उक्त्त बैठकमा उपस्थितिका लागि अनुरोध छ । 
मितिः २०८१।०४।३२,शुक्रवार 
समयः विहान ११:०० बजे, 
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।

४२ औं बैठकको कार्यसूचीः 
१. बैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पूर्वप्रस्थान अभिमुखिकिकरण तालिम प्रदायक संस्थामा बैदेशिक रोजगार विभागबाट भएको अनुगमन तथा कारवाहीका सम्बन्धमा छलफल, 
२. बैदेशिक रोजगार संस्थाहरूको नवीकरण प्रकृया तथा नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निवेदन उपर छलफल, 
३. श्रमसँग सम्बन्धित कानून समसामयिक बनाउने सम्बन्धमा मन्त्रा‌लयको  तयारीका सम्बन्धमा छलफल,
४. हवाइ टिकट आपूर्तिमा भएको आर्थिक अनियमितताका सम्बन्धमा EPS मार्फत् दक्षिण कोरिया जाने कामदारहरूबाट प्राप्त उजुरीमाथि छलफल, 
४. विविध ।
42th meeting.pdf