मिति २०८१/०४/३१ गते बस्ने समितिको पहिलो बैठक सम्बन्धी सूचना ।
सूचना
मिति: २०८१/०४/३०
संघीय संसद, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको पहिलो बैठक निम्न कार्यसूचीमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनुभएका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि अनुरोध छ ।
कार्यसूची:१. समितिको सभापति पदको निर्वाचन सम्बन्धमा ।
कार्यक्रमः
मितिः २०८१।०४। ३१ गते, बिहीबार ।
समयः दिउँसो ३:०० बजे ।
स्थानः कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्ष (काठघर नं.२),
संघीय संसद सचिवालय, सिंहदरबार ।