४४ औं बैठक बस्ने सम्बन्धमा
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ४४ औं बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले उक्त्त बैठकमा उपस्थितिका लागि अनुरोध छ ।
मितिः २०८१।०५।०९,आइतवार
समयः विहान ११:३० बजे,
स्थानः उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार ।
४४ औं बैठकको कार्यसूचीः
१. त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरणका सम्बन्धमा छलफल,
२. संसदीय अध्ययन तथा सुझाव समिति (पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थित गर्न अध्ययन गरी राय सुझाव सहितको प्रतिवेदन पेश गर्ने) प्रतिवेदन, २०७१ ले बैकल्पिक उर्जाको रुपमा इथानोलको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धमा दिएको निर्देशनको हालसम्मको कार्यान्वयनको अवस्थाका बारेमा छलफल,
३. पेट्रोलियम पदार्थमा मिसावट गरी प्रयोग गर्न सकिने इथानोलको उत्पादक कियान केमिकल इन्डस्ट्रिज प्रा.लि.को निवेदन उपर छलफल,
४. विविध ।