मिति २०८१/०५/१४ गते बस्ने समितिको तेस्रो बैठक सम्बन्धी सूचना ।
सूचना
मिति: २०८१/०५/१२
संघीय संसद, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको तेस्रो बैठक निम्न कार्यसूचीमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनुभएका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि अनुरोध छ ।
कार्यसूची:१. समितिको कार्यविधि पारित गर्ने सम्बन्धमा ।
२. समितिको वार्षिक कार्यतालिका सम्बन्धमा ।
३. विविध ।
कार्यक्रमः
मितिः २०८१।०५।१४ गते, शुक्रबार ।
समयः दिउँसो १:०० बजे ।
स्थानः पूर्वाधार विकास समितिको सभाकक्ष,
संघीय संसद सचिवालय, सिंहदरबार ।