मिति २०८१/०५/१७ गते बस्ने समितिको चौथो बैठक सम्बन्धी सूचना ।
सूचना
मिति: २०८१/०५/१६
संघीय संसद, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको आगामी बैठक निम्न कार्यसूचीमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनुभएका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि अनुरोध छ ।
कार्यसूची:
१. समितिको वार्षिक कार्ययोजनाका सन्दर्भमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षज्यू, माननीय सदस्यज्यूहरु तथा नेपाल सरकारका मुख्यसचिवज्यूसँग छलफल ।
२. विविध । कार्यक्रमः
मितिः २०८१।०५।१७ गते, सोमबार ।
समयः दिउँसो ३:०० बजे ।
स्थानः पूर्वाधार विकास समितिको सभाकक्ष,
संघीय संसद सचिवालय, सिंहदरबार ।