समितिको छयालिसौं बैठक सम्बन्धी सूचना ।


मितिः २०८१/०६/१३
माननीय श्री ................................ज्यू ।
संसदीय सुनुवाइ समिति ।
 
विषयः बैठक बस्ने  सूचना 
 
     
संघीय संसद, संसदीय सुनुवाइ समितिको छ्यालिसौं बैठक देहायको मिति, समय, स्थान र विषयमा बस्ने भएकोले माननीय सदस्यज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
 
मिति : २०८१/०६/१४  गते सोमबार,
समय : दिनको १:०० बजे,
स्थान : विकास आर्थिक मामिला तथा सुशासन समितिको हल (भवन नं. २, कोठा नं. ३०१)
विषय: क) नेपालको प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्‍त उजुरी तथा सूचनाहरु खोली वितरण र छलफल गर्ने।
ख नेपालको प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरुले पेश गरेको कार्ययोजना समितिका मा. सदस्यहरूलाई वितरण गर्ने।
ग) नेपालको प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने ।
घ) सर्वौच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ प्रारम्भ गर्ने।

 
(कल्याणी घिमिरे)
शाखा अधिकृत