मिति २०८१/१०/०६ गते बस्‍ने समितिको छैठौं बैठक सम्बन्धी सूचना ।


    ​संघीय संसद, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आगामी बैठक निम्न विषयमा  छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनुभएका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि अनुरोध छ ।   
छलफलका विषय:
१) नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आ.व. २०७९/०८०) का सम्बन्धमा।
२) विविध।    
कार्यक्रमः
मितिः २०८१।१०।०६ गते, आइतबार । 
समयः बिहान १०:३० बजे ।
स्थानः सार्वजनिक लेखा समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. ४११),
         संघीय संसद सचिवालय,  सिंहदरबार ।