मिति २०८१/११/२७ गते बस्ने समितिको सातौं बैठक सम्बन्धी सूचना । (स्थगित)
संघीय संसद, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आगामी बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनुभएका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि अनुरोध छ।
छलफलका विषय:१. नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आ.व. २०७९/०८०) का सम्बन्धमा।
२. समितिको कार्ययोजना सम्बन्धमा।
३.समसामयिक विषय।
कार्यक्रमः
मितिः २०८१।११।२७ गते, मङ्गलबार।
समयः बिहान १०:१५ बजे।
स्थानः अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२),
संघीय संसद सचिवालय, सिंहदरबार ।