मिति २०८१/१२/१० गते बस्ने समितिको सातौं बैठक सम्बन्धी सूचना।
संघीय संसद, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आगामी बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनुभएका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि अनुरोध छ।
छलफलका विषय:
१. नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आ.व. २०७९/०८०) का सम्बन्धमा।
२. समितिको वार्षिक कार्ययोजना सम्बन्धमा।
३. समसामयिक विषय तथा विविध।
कार्यक्रमः२. समितिको वार्षिक कार्ययोजना सम्बन्धमा।
३. समसामयिक विषय तथा विविध।
मितिः २०८१।१२।१० गते, आइतबार।
समयः दिउँसो २:०० बजे।
स्थानः पूर्वाधार विकास समितिको सभाकक्ष,
संघीय संसद सचिवालय, सिंहदरबार ।