मिति २०८१/१२/२१ गते बस्ने समितिको आठौं बैठक सम्बन्धी सूचना।
संघीय संसद, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आगामी बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनुभएका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि अनुरोध छ।
छलफलका विषय:१. नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन (विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार) का सम्बन्धमा।
२. विविध।
कार्यक्रमः
मितिः २०८१।१२।२१ गते, बिहीबार।
समयः बिहान ११:३० बजे।
स्थानः पूर्वाधार विकास समितिको सभाकक्ष,
संघीय संसद सचिवालय, सिंहदरबार।