मिति २०८२/०३/०९ गते बस्ने समितिको पन्ध्रौं बैठक सम्बन्धी सूचना ।
संघीय संसद, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको पन्ध्रौं बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनुभएका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि सादर अनुरोध छ।
छलफलका विषय:१. समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदा सम्बन्धमा।
२. समितिको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदन सम्बन्धमा।
३. समसामयिक विषय तथा विविध।
कार्यक्रमः
मितिः २०८२।०३।०९ गते, सोमबार।
समयः बिहान ८:०० बजे।
स्थानः पूर्वाधार विकास समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार।