कार्यव्यवस्था परामर्श समिति
प्रतिनिधि सभा बैठकमा पेश हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहर्याएको अन्य विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा पदेन सदस्य बाहेक बढीमा एक्काइस जना सदस्य रहेको कार्यव्यवस्था परामर्श समिति गठन गर्न सकिने व्यवस्था प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १३ मा रहेको छ ।