कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

 

परिचयः

         लोकतन्त्रमा जनता नै राज्यशक्तिका स्रोत हुन् । यस व्यवस्थामा सार्वभौमसत्ता जनतामा निहित रहेको हुन्छ। व्यक्तिगत स्वतन्त्रताको संरक्षण, कानूनी शासन, स्वतन्त्र न्यायप्रणाली, जनउत्तरदायी तथा लोककल्याणकारी राज्य स्थापनाका लागि शक्ति पृथकीकरणका आधारमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा विभाजन गरी राज्य संचालन भएको हुन्छ। यी तीन अङ्ग बाहेक स्वतन्त्र हैसियतका संवैधानिक अङ्गहरुको पनि व्यवस्था गरिएको हुन्छ। राज्यका सबै अङ्गले व्यवस्थित र प्रभावकारी काम गर्दा नै लोकतन्त्र दीगो, स्थायी र जनमुखी हुन सक्छ।

         प्रतिनिधि सभाको नियमित कार्यमा सहयोग पुर्याउन,  सरकारलाई संसद प्रति उत्तरदायी बनाउन, सरकारबाट भए गरेका काम कारवाहीहरुको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिनका लागि अन्य विषयगत समितिहरु जस्तै यस कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको व्यवस्था प्रतिनिधि सभा नियमावली, २०७९ मा गरिएको छ।
 

समितिको कार्यक्षेत्र:

          . कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, 
          २. भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,
          ३.  वन तथा वातावरण मन्त्रालय, र
          ४. सम्बद्ध विषय तथा निकाय ।

समिति गठनः

         प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सभामुखले प्रतिनिधि सभाको सहमति लिई समानुपातिक प्रतिनिधित्वका आधारमा पदेन सदस्य बाहेक बढीमा २७ जना सदस्य मनोनयन गर्ने व्यवस्था रहेको छ। हाल यस समितिमा २६ जना सदस्य रहेका छन् । मन्त्री बाहेक कुनै सदस्य एकैसाथ एकभन्दा बढी विषयगत समितिमा सदस्य हुन नसक्ने व्यवस्था रहेको छ। प्रधानमन्त्री सबै विषयगत समिति र कार्यक्षेत्रसंग सम्बन्धित मन्त्री सम्बन्धित समितिमा पदेन सदस्य रहने व्यवस्था रहेको छ।
 

पदेन  सदस्य:

क्र. सं.

 पद, नाम र थर 

  १.

 सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल (प्रचण्ड)

  २. 

 माननीय वन तथा वातावरण मन्त्री श्री वीरेन्द्र प्रसाद महतो

  ३.

 माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्री रन्जिता श्रेष्ठ चौधरी

  ४.

 माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री बेदुराम भुसाल

 

समिति सदस्यहरु:

 
क्र.सं. नाम सम्पर्क नं.   क्र.सं. नाम सम्पर्क नं.
मा. अनिशा नेपाली

9866921180

 

१४

मा. मानबीर राई

9852825222

मा. अम्मर बहादुर थापा 9851195123

 

  १५

मा. मिना तामाङ

9841754870

मा. अमृत लाल राजवंशी

9841151807

 

१६

मा. योगेन्द्र मण्डल

9852022217

मा. अशोक कुमार चौधरी

9862042065

 

१७

मा. रुपा वि.क.

9851056959

मा. डा. आरजु राणा

9862566840

 

१८

मा. रुपा सो.शी. चौधरी

9841587933

मा. कुसुमदेवी थापा

9841329318

 

१९

मा. विजुला रायमाझी

9847108836

मा. गंगा प्रसाद यादव

9842828693

 

२०

मा. विर बहादुर बलायर

9851083566

मा. ज्वाला कुमारी साह

9851138246

 

२१

मा. विष्णु कुमार कार्की

9857027574

मा. डिल्ली राज पन्त

9846894068

 

२२

मा. सरस्वती सुब्बा

9841877301

१०

मा. दिक्पाल कुमार शाही

9858022226

 

२३

मा. सूर्य कुमारी श्रेष्ठ

9848399530

११

मा. नवल किसोर साह सुडी

9851176123

 

२४

मा. सूर्य प्रसाद ढकाल

9841419351

१२

मा. बिना कुमारी थनैत

9847270717

 

२५

मा. सोनु मुर्मु

9842333737

१३

मा. बिनिता कठायत

9869292215

 

*मा. सुरेन्द्र राज आचार्य मिति २०८०/०१/२४ मा मन्त्री हुनुभएकाले समितिको सदस्य नरहनुभएको ।
*मा. अब्दुल खान र मा. बिमला सुवेदी मिति २०८०/०५/०६ को प्रतिनिधि सभाको बैठकले समिति हेरफेर गरी अन्यत्र समितिमा जानुभएको ।
*समिति गठन मितिः २०८०/०१/१५  *पुनर्गठन मितिः २०८०/०५/०६     

समिति सचिवालय :

              प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १९२ मा समितिको सचिवालय सम्बन्धी व्यवस्था रहेको छ ।  महासचिवले आफू मातहतको वरिष्ठ अधिकृतलाई समितिको सचिव भई काम गर्न तोक्न सक्ने व्यवस्था छ । समितिको सचिवले समितिको कार्य सम्पादनमा सहयोग पुर्‍याउन सम्बन्धित मन्त्रालय, विभाग वा अन्य निकायसँग आवश्यक जानकारी माग्न सक्ने व्यवस्था रहेको छ । यस समिति सचिवालयमा हाल कार्यरत कर्मचारीहरु देहाय बमोजिम रहेका छन् ।   

क्र.सं.

 नाम/थर

पद

सम्पर्क नम्बर

ई-मेल

१.

 श्री हृदयराम महर्जन

 समिति सचिव

  ९८४१४३७०९१

hredyaram2016@gmail.com

२.  श्री शिवदत्त बराल  उपसचिव   ९८५११६८४१० shivadattabaral@gmail.com

२.

 श्री ठाकुर प्रसाद प्याकुरेल

 शाखा अधिकृत 

  ९८४४०१९९००

tp_pyakurel@yahoo.com

३.

 श्री कौशल पाण्डे

 नायब सुब्बा

  ९८५१२३८८०४

meronepal147181@gmail.com

४.

 श्री बिनु राउत

 कार्यालय सहयोगी

  ९८२३४१८०२७

 

सचिवालय

 फोन नं. : ४२०००६२, ४२०००७०
 फ्याक्स :  ४२०००७०

 ई-मेल : agriandwater.committee@gmail.com
            coacn@parliament.gov.np     

 वेवसाईट : www.parliament.gov.np