शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
अभिलेख → शिक्षा तथा स्वास्थ्य समिति,२०७४
संघीय संसद्
प्रतिनिधि सभा
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
संक्षिप्त परिचय:
लोकतन्त्रमा नागरिकका हक, अधिकार र स्वतन्त्रताको सुनिश्चितता हुन्छ । वास्तवमा यो नै लोकतन्त्रको मूलमन्त्र र यसमा नै नागरिकको विश्वास अडेको हुन्छ । लोकतन्त्र जनताको शासन व्यवस्था हो । यद्यपि यसमा जनताले प्रत्यक्ष शासन गर्ने नभई उनीहरुका प्रतिनिधि मार्फत शासन सञ्चालन हुन्छ । संसदीय प्रणाली अवलम्वन गरेका देशहरुमा संसदले कानून निर्माण जस्तो महत्वपूर्ण र जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्छ । संसदको कार्यप्रणालीमा सहयोग पुर्याउने एवं सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउने भूमिकाका लागि ‘मिनी पार्लियामेन्ट’ समेत मानिने संसदीय समितिहरु गठन गरिन्छन् । सरकारलाई निर्देशन तथा राय सल्लाह दिनुका साथै राज्यका अन्य निकायका कामकारवाही अध्ययन अनुगमन गरी सचेत पार्ने, ध्यानाकर्षण गराउने काम पनि संसदीय समितिले गर्छन् ।
नेपाल सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह सुझाव दिन समेतका लागि संविधानको धारा ९७ तथा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम गठित विभिन्न विषयगत समितिहरुमध्ये शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति एक हो । यस समितिले विशेष गरी नागरिकका आधारभूत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र युवा तथा खेलकुदसँग प्रत्यक्ष र परोक्ष रुपमा सरोकार राख्ने विषयहरुको उठान, पहिचान, नियमन र व्यवस्थापन गर्नमा समन्वयात्मक, सहयोगात्मक र निर्देशनात्मक भूमिका खेल्दछ ।
समितिको गठन:
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७२ मा प्रतिनिधि सभाको नियमित कार्यमा सहयोग पुर्याउन प्रतिनिधि सभा अन्तर्गत विषयगत समिति र विशेष समिति गठन गर्न सकिनेछ भन्ने व्यवस्था रहेको छ । प्रतिनिधि सभा नियमावलीको नियम १७५ मा नियम १७३ बमोजिमका प्रत्येक समितिमा सभामुखले प्रतिनिधि सभाको सहमति लिई पदेन सदस्य बाहेक बढीमा २७ जना सदस्य मनोनयन गर्न सक्नेछ भन्ने व्यवस्था भए बमोजिम २०७९ साल चैत्र १९ गतेको प्रतिनिधि सभाको बैठकले यो समितिको गठन गरेको हो । प्रतिनिधि सभाको मिति २०८० वैशाख १५ गतेको बैठकले यस समितिमा पदेन सदस्य बाहेक २६ जना सदस्यहरु मनोनित हुनुभएकोमा हाल २५ जना सदस्यहरु रहनु भएको छ । समितिमा सदस्यको मनोनयन गर्दा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या, महिला, दलित, आदिवासी जनजाति, खस-आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायको समेतको समानुपातिक प्रतिनिधित्वलाई मध्यनजर गरी समितिको गठन गरिएको छ ।
समितिको कार्य क्षेत्रः
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको कार्यक्षेत्रभित्र निम्न मन्त्रालयहरु समाविष्ट छन्:-
१. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,
२. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,
३. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, र
४. युवा तथा खेलकुद मन्त्रालय ।
समितिमा रहनुहुने माननीय सदस्यहरु
पदेन सदस्यहरु
समिति सचिवालय

क्र.सं. | माननीयको नाम थर | मोबाइल | निर्वाचन क्षेत्र | सम्बन्धित दल |
१ | मा. भानुभक्त जोशी (सभापति) | ९८६६०१९९१२ | बझाङ-१ | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) |
२ | मा. अरुण कुमार चौधरी | ९८४८४२३०२७ | कैलाली -२ | नागरिक उन्मुक्ति पार्टी |
३ | मा. ईश्वरी घर्ती | ९८५७८२४१६५ | रोल्पा | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
४ | मा. उर्मिला थेबे | ९८५१०१७३८५ | ताप्लेजुङ्ग | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
५ | मा. कालुराम राई | ९८४२६२६५६० | झापा | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
६ | मा. डा. चन्द्रकान्त भण्डारी | ९८५११५९३३३ | गुल्मी-१ | नेपाली काँग्रेस |
७ | मा. छविलाल विश्वकर्मा | ९८५१२०२४४१ | रुपन्देही-१ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
८ | मा. डा. तोसीमा कार्की | ९८४३२६७९६० | ललितपुर-३ | राष्ट्रिय स्वतन्त्र पार्टी |
९ | मा. दिपा शर्मा | ९८५१०२५५१३ | बाँके | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
१० | मा. दीपक कार्की | ९८४१३४२७६४ | धनुषा-१ | जनता समाजवादी पार्टी, नेपाल |
११ | मा. देवेन्द्र पौडेल | ९८५११४८२८० | बाग्लुङ-२ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
१२ | मा. प्रभु हजरा | ९८५१११०२०९ | पर्सा | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
१३ | मा. बद्री प्रसाद पाण्डे | ९८५१०९८४८८ | बाजुरा-१ | नेपाली काँग्रेस |
१४ | मा. मनोरमा शेरचन | ९८५७०२१०५८ | रुपन्देही | नेपाली काँग्रेस |
१५ | मा. महेन्द्र कुमार राय | ९८४४०३१९०७ | महोत्तरी-४ | नेपाली काँग्रेस |
१६ | मा. मिना यादव | ९८५१३२९५०० | सर्लाही | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
१७ | मा. राम प्रकाश चौधरी | ९८५४०२०८५१ | सर्लाही -१ | लोकतान्त्रिक समाजवादी पार्टी नेपाल |
१८ | मा. लिला देवी वोखिम (लिम्बू) | ९८४२६६०६४६ | ताप्लेजुङ | नेपाली काँग्रेस |
१९ | मा. विद्या भट्टराई | ९८४१५४९४२८ | कास्की-२ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
२० | मा. विनिता कुमारी सिंह | ९८०५९३११५० | सिराहा | जनमत पार्टी |
२१ | मा. वीना जैसवाल | ९८५५०६९०७० | पर्सा | राष्ट्रिय प्रजातन्त्र पार्टी |
२२ | मा. सरिता भुसाल | ९८५७०८०१०८ | नवलपरासी पश्चिम | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
२३ | मा. सुमना श्रेष्ठ | ९८०१०८३५५२ | काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी |
२४ | मा. संगिता मण्डल धानुक | ९८५१०९०७७२ | महोत्तरी | नेपाली काँग्रेस |
२५ | मा. ज्ञानु बस्नेत सुवेदी | ९८५५०१९८१९ | चितवन | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
पदेन सदस्यहरु
क्र.सं. | नाम, थर |
---|---|
१ | सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' |
२ | मा. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई |
३ | मा. सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा |
४ | मा. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत |
५ | मा. युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू |
६ | मा. शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी |
समिति सचिवालय
क्र.सं. | नाम, थर | मोबाइल/फोन | इमेल |
१ | सहसचिव श्री निर्मलादेवी लामिछाने (वस्ती) |
०१ ४२०००९७
९८४१७०१४३५ |
ndlosti@gmail.com |
२ | उपसचिव श्री पुष्पप्रकाश खनाल |
०१ ४२००६७२
९८४१३६६८३०
|
pushpaprakashkhanal@gmail.com |
३ | शा.अ. श्री यमुना सुवेदी | ९८४१४०७६८८ | yamunasubedi11@gmail.com |
४ | ना.सु. श्री रुपक पाण्डे | ०१ ४२११८६५ | pandeyrupak@gmail.com |
५ | का.स. श्री रोशनी राना | ९८६४६९२२५२ | - |
सम्पर्क नं. : ०१ ४२०००९७ (समिति सचिव), ०१ ४२००६७२ (उपसचिव), ०१ ४२११८६५
E-mail : eahcommittee@parliament.gov.np