अर्थ समिति

 

परिचय
प्रजातान्त्रिक राज्य व्यवस्थामा राज्य शक्तिको स्रोत जनतालाई मानिन्छ र जनतामा निहित सार्वभौमसत्ताको प्रयोग जनप्रतिनीधिहरुद्धारा नै गरिन्छ। संसदीय शासन प्रणालीमा सरकार प्रत्यक्ष रूपमा संसदप्रति उत्तरदायी हुने हुनाले उसको गतिविधि तथा कार्यशैलीका सम्बन्धमा संसदमा नियमित रूपमा छलफल हुने गर्दछ। संसदको कार्यबोझ, आवधिक रुपमा चल्ने अधिवेशन, सीमित समय, हरेक निकायमा गहन ढंगले अध्ययन गर्न नसकिने अवस्था आदिलाई मध्यनजर गर्दै संसदको भूमिकामा ओझेल नपर्ने गरी संसदका नियमित तथा आकस्मिक कार्यहरुलाई निरन्तर अगाडि बढाउन संसदले आफ्ना सदस्यहरु रहने गरी विभिन्न समितिहरु गठन गर्दछ।
 
संसदका कार्यको सुसञ्चालन छिटो छरितो रुपमा होस् र बेला बेलामा पर्ने समस्याको सहजरुपमा निराकरण गरी सदनको सञ्चालनमा सहयोग पुगोस् भनी महत्वपूर्ण तथा आवश्यक विषयका लागि समिति गठन गर्न सक्ने सदनको असिमित अधिकार संविधानले सुरक्षित गरेको हुन्छ। नेपालको संविधानको धारा ८३ मा “प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिनेछ।” उल्लेख छ। त्यसैगरी धारा ९७ को उपदफा (१) मा “प्रतिनिधि सभा र राष्ट्रिय सभाले संघीय कानून बमोजिम समितिहरू गठन गर्न सक्नेछन्।” भन्ने व्यवस्था छ ।
 
प्रतिनिधि सभाको नियमित कार्यमा सहयोग पुर्‍याउन प्रतिनिधि सभा अन्तर्गत विषयगत समिति र विशेष समिति गठन गर्न सकिने प्रतिनिधि सभा नियमावली, २०७९ मा उल्लिखित व्यवस्थाअनुसार  नेपाल सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन प्रतिनिधि सभामा दशवटा विषयगत समिति रहेका छन् जस मध्ये अर्थ समिति एक महत्त्वपूर्ण समिति रहेको छ। यस समितिको कार्यक्षेत्र देहायबमोजिम रहेको छ:
  1. अर्थ मन्त्रालय,
  2. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,
  3. लगानी वोर्ड,  
  4. राष्ट्रिय योजना आयोग,
  5. सम्बद्ध विषय तथा निकाय ।
अर्थ समितिमा रहनुहुने माननीय सदस्यहरु
क्रसं नाम पार्टी सम्पर्क नं
  1.  
मा. अन्जनी श्रेष्ठ नेपाली काङ्ग्रेस 9845056948
  1.  
मा. अम्मर बहादुर रायमाझी नेपाल कम्युनिष्ट पार्टी (एमाले) 9851084970
  1.  
मा. गंगा कार्की नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 9851151022
  1.  
मा. छिरिङ डम्डुल लामा (भोटे) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 9848364300
  1.  
मा. जुली कुमारी महतो (महासेठ) नेपाल कम्युनिष्ट पार्टी (एमाले) 9851036166
  1.  
मा. दिपक खड्का नेपाली काङ्ग्रेस 9851053919
  1.  
मा. दीपक बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी 9851022011
  1.  
मा. नारायण प्रसाद आचार्य नेपाल कम्युनिष्ट पार्टी (एमाले) 9857060584
  1.  
मा. नारायणी शर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 9857830081
  1.  
मा. पदम गिरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) 9851035088
  1.  
मा. पूर्ण बहादुर तामाङ्ग नेपाली काङ्ग्रेस 9851058632
  1.  
मा. भगवती चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) 9851029281
  1.  
मा. मुक्ता कुमारी यादव नेपाली काङ्ग्रेस 9851167117
  1.  
मा. मेटमणि चौधरी नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) 9847828503
  1.  
मा. रण कुमारी बलम्पाकी मगर नेपाल कम्युनिष्ट पार्टी (एमाले) 9849961059
  1.  
मा. रामनाथ अधिकारी नेपाली काङ्ग्रेस 9841432005
  1.  
मा. विनोद कुमार चौधरी नेपाली काङ्ग्रेस 9851023373
  1.  
मा. विराज भक्त श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी 9851349000
  1.  
मा. विष्णु प्रसाद पौंडैल नेपाल कम्युनिष्ट पार्टी (एमाले) 9851266077
  1.  
मा. सन्तोष चालिसे नेपाली काङ्ग्रेस 9841211933
  1.  
मा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी 9851348107
  1.  
मा. सूर्य बहादुर थापा क्षेत्री नेपाल कम्युनिष्ट पार्टी (एमाले) 9851131377
  1.  
मा. ज्ञान बहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टी 9849862897
  1.  
मा. ज्ञानेन्द्र बहादुर कार्की नेपाली काङ्ग्रेस 9851014940
गठन तथा हेरफेर मिति २०८० बैशाख १५, जेठ १०

 

समिति सचिवालय :

              प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १९२ मा समितिको सचिवालय सम्बन्धी व्यवस्था रहेको छ ।  महासचिवले आफू मातहतको वरिष्ठ अधिकृतलाई समितिको सचिव भई काम गर्न तोक्न सक्ने व्यवस्था छ । समितिको सचिवले समितिको कार्य सम्पादनमा सहयोग पुर्‍याउन सम्बन्धित मन्त्रालय, विभाग वा अन्य निकायसँग आवश्यक जानकारी माग्न सक्ने व्यवस्था रहेको छ ।

फोन नं. : ४२००६०९, ४२००२२९ 
 ई-मेल : finc@parliament.gov.np
            artha.samiti@gmail.com

 वेवसाईट : www.parliament.gov.np