पूर्वाधार विकास समिति

परिचय:
    संसदीय प्रणालीमा समितिहरुलाई संसदको मेरुदण्डको रुपमा लिने गरिन्छ । संसदीय काम कारवाहीको प्रभावकारिता वृद्धि गर्न, संसदको अमूल्य समयको वचत गर्न, संसदभित्रैबाट संसदको अभिन्न अंगको रुपमा स्थापित संयन्त्र नै संसदीय समितिहरु हुन् । विधायिकाले सम्पन्न गर्नुपर्ने गहन र जटिल कार्यहरु, संसदको पूर्ण सदनमा हुने सीमित र औपचारिक छलफलबाट मात्र पूरा हुन सक्दैन । यसै गरी कार्यकारिणीलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउने, सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने, सरकारी आश्वासन, प्रत्यायोजित व्यवस्थापन, संवैधानिक निकायका वार्षिक प्रतिवेदन एवं समसामयिक विषयहरुमा छलफल र छानबिन गरी राय सुझfव सल्लाह र निर्देशन दिने, अनुगमन र मूल्यांकन गर्ने जस्ता कार्यहरु सभा आफैँले गर्दा समय बढी लाग्ने, कार्यबोझ अधिक हुने भएकाले यसलाई सहज र सरल तरिकाले नियमित र व्यवस्थित गर्न आवश्यकताअनुसार विषयगत समितिहरु गठन गरिएका हुन्छन् । यस्ता समितिहरुलाई संसदको हेल्पिङ ह्यान्डस् को रुपमा समेत लिने गरिन्छ । वर्तमान नेपालको संविधानले प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी द्विसदनात्मक संसदको व्यवस्था गरेको छ ।
  सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन तथा राय सल्लाह दिन संविधानको धारा ९७ बमोजिम प्रतिनिधि सभामा गठन गरिएका विभिन्न समितिहरुमध्ये पूर्वाधार विकास समिति एक हो ।

समितिको कार्य क्षेत्र :
क) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,  
ख) ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय,                       
ग) ​ खानेपानी मन्त्रालय,
घ)  सहरी विकास मन्त्रालय​ ।
समितिको गठन :
     प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७५ को उपनियम (१) बमोजिम समितिमा पदेन सदस्य  बाहेक  सत्ताईस जना सदस्य रहने व्यवस्था छ । प्रधानमन्त्री सबै समितिको र समितिको कार्यक्षेत्रसँग सम्बन्धित मन्त्री सो समितिको पदेन सदस्य हुने व्यवस्था प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७५ को उपनियम (३) मा उल्लेख गरिएको छ । समितिमा सदस्यहरुको मनोनयन गर्दा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या, महिला, दलित, आदिवासी जनजाति, खस-आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय समेतको समानुपातिक प्रतिनिधित्वको आधारमा गरिने व्यवस्था रहेको छ ।
पदेन सदस्य :
१. सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली
२. माननीय उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह
३.  माननीय खानेपानी मन्त्री प्रदीप यादव         
४. ​ माननीय  भौतिक पूर्वाधार तथा यातायात मन्त्री  देवेन्द्र दाहाल 
५. माननीय ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री  दीपक खड्का 
मन्त्रिपरिषद् पुनःगठन २०८१ असार ३१ गते


समिति सदस्यहरुको विवरण
सभापति : माननीय दिपक बहादुर सिंह   9851075325

क्र.सं. माननीय सदस्यको नाम सम्पर्क नं.
मा. उर्मिला माझी 9840072144
मा. गोकर्ण राज विष्ट 9851131471
मा. डा. चन्द्र कान्त राउत 9807706599
मा. ठाकुर प्रसाद गैरे 9857060988
मा. दयाल बहादुर शाही 9841060838
मा. दिनेश कुमार यादव 9842822158
मा. निर्मला कोइराला 9855035273
मा. निशा डाँगी 9860151247
मा. प्रकाश ज्वाला 9851081493
१० मा. प्रतिमा गौतम 9841236756
११ मा. प्रेम बहादुर महर्जन 9851052946
१२ मा. बसन्त कुमार नेम्वाङ्ग 9851081165
१३ मा. महेश बस्नेत 9852680273
१४ मा. माधव सापकोटा 9851208370
१५ मा. मैना कार्की 9851188201
१६ मा. राजेन्द्र बजगाई 9851022717
१७ मा. लालबिर चौधरी 9848613229
१८ मा. विना लामा 9851175589
१९ मा. शक्ति बहादुर बस्नेत 9851101793
२० मा. शिव नेपाली 9856044371
२१ मा. शंकर भण्डारी 9851077439
२२ मा. सिता गुरुङ 9851046756
२३ मा. सुशीला श्रेष्ठ 9841297173
     
 
समिति सचिवालय :
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १९२ मा समितिको सचिवालय सम्बन्धी व्यवस्था रहेको छ । स‌घीय संसद सचिवालय अन्तर्गत समितिको सचिवालय रहने छ । महासचिवले आफू मातहतको वरिष्ठ अधिकृतलाई समितिको सचिव भई काम गर्न तोक्न सक्ने व्यवस्था छ । समिति सचिवले पदेन सचिवको रुपमा रही काम गर्नेछ । समितिको सचिवले समितिको कार्य सम्पादनमा सहयोग पुर्याउन सम्बन्धित मन्त्रालय, विभाग वा अन्य निकायसँग आवश्यक जानकारी माग्न सक्ने व्यवस्था रहेको छ । यस समिति सचिवालयमा हाल कार्यरत कर्मचारीहरु देहाय बमोजिम रहेका छन् ।
 
क्र.सं. नाम/थर पद सम्पर्क
१. उदयकुमार भण्डारी समिति सचिव 9851075059
२. नागेन्द्र प्रसाद चौधरी उपसचिव 9841527060
३. लक्ष्मीदेवी भण्डारी शाखा अधिकृत 9841828700
४. नगेन्द्र बहादुर बुढा नायव सुब्बा 9848097460
५.  मुना कडरिया कार्यालय सहयोगी 9869815931
६. सचिवालय   01-4200419, 4200121
७. इमेल dtc@parliament.gov.np