अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति

 

परिचय:
            प्रजातान्त्रिक राज्य व्यवस्थामा राज्य शक्तिको स्रोत जनतालाई मानिन्छ र जनतामा निहित सार्वभौमसत्ताको प्रयोग जनप्रतिनिधिहरुद्धारा नै गरिन्छ । संसदीय शासन प्रणालीमा सरकार प्रत्यक्ष रूपमा संसदप्रति उत्तरदायी हुने हुनाले उसको गतिविधि तथा कार्यशैलीका सम्बन्धमा संसदमा नियमित रूपमा छलफल हुने गर्दछ । संसदको कार्यबोझ, आवधिक रुपमा चल्ने अधिवेशन, सीमित समय, हरेक निकायमा गहन ढंगले अध्ययन गर्न नसकिने अवस्था आदिलाई मध्यनजर गर्दै संसदको भूमिकामा ओझेल नपर्ने गरी संसदका नियमित तथा आकस्मिक कार्यहरुलाई निरन्तर अगाडि बढाउन संसदले आफ्ना सदस्यहरु रहने गरी विभिन्‍न समितिहरु गठन गर्छ ।
        संसदका कार्यको सुसञ्‍चालन, छिटो छरितो रुपमा होस र बेला बेलामा पर्ने समस्याको सहजरुपमा निराकरण गरी सदनको सञ्‍चालनमा सहयोग पुगोस भनी महत्वपुर्ण तथा आवश्यक विषयको लागि समिति गठन गर्न सक्ने सदनको असिमित अधिकार संविधानले सुरक्षित गरेको हुन्छ । नेपालको संविधानको धारा ८३ मा “प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिनेछ”  भन्‍ने उल्लेख छ । त्यसैगरी धारा ९७ को उपदफा (१) मा “प्रतिनिधि सभा र राष्ट्रिय सभाले संघीय कानून बमोजिम समितिहरू गठन गर्न सक्नेछन् ” भन्‍ने व्यवस्था छ ।
         प्रतिनिधि सभाको नियमित कार्यमा सहयोग पुर्‍याउन प्रतिनिधि सभा नियमावली, २०७९ मा उल्लेखित व्यवस्था अनुसार  नेपाल सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका कामकारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन एवम् संविधानको धारा ९७ बमोजिको उद्देश्य प्राप्‍त गर्न गठन हुने संसदीय समिति लघु संसद  (Mini Parliament) को रुपमा रहने गर्दछन्। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ मा व्यवस्था भए बमोजिम प्रतिनिधि सभामा १० (दश) वटा विषयगत समिति रहेका छन्, जसमध्ये अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति  एक महत्वपुर्ण समिति रहेको छ । यस समितिको कार्यक्षेत्र देहाय बमोजिम रहेको छ :
 १. परराष्‍ट्र मन्त्रालय,
 २. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
      र सम्बद्ध विषय तथा निकाय ।

समितिको गठनः
       प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम प्रत्येक समितिमा सभामुखले प्रतिनिधि सभाको सहमति लिई समानुपातिक प्रतिनिधित्वका आधारमा पदेन सदस्य बाहेक बढीमा २७ जना सदस्य मनोनयन गर्ने व्यवस्था रहेको छ। पदेन सदस्य बाहेक हाल यस समितिमा २७ जना सदस्य रहेका छन् । प्रधानमन्त्री सबै समितिको र समितिको कार्यक्षेत्रसित सम्बन्धित मन्त्री सो समितिको पदेन सदस्य रहने व्यवस्था रहेको छ। मन्त्री बाहेक कुनै सदस्य एकैसाथ एकभन्दा बढी विषयगत समितिको सदस्य हुन नसक्ने व्यवस्था रहेको छ।
         
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा हाल रहनुभएका सदस्यहरू र पदेन सदस्यहरूको विवरण देहाय बमोजिम रहेको छ :-      

पदेन सदस्यहरु:

 क्र.  सं.   पदनाम र थर 
   १.   सम्माननीय प्रधानमन्त्री  केपी शर्मा ‌‌‌ओली
   २.   माननीय परराष्‍ट्र मन्त्री आरजु राणा देउवा
   ३.   माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  बद्री प्रसाद पाण्डे
४.   माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री  अरुण कुमार चौधरी


संघीय संसद
प्रतिनिधि सभा
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति 

समिति सदस्यहरु:

क्र.. माननीय सदस्यको नाम, थर फोन नं. राजनीतिक दल/ स्वतन्त्र जिल्ला/ निर्वाचन क्षेत्र निर्वाचन
प्रणाली
  1.  
 मा. राज किशोर यादव  (सभापति) ९८५१११४०२० जनता समाजवादी पार्टी, नेपाल सिराहा-२ प्रत्यक्ष
  1.  
 मा.  उदय शंशेर ज.ब.रा. *** नेपाली काँग्रेस ललितपुर-१ प्रत्यक्ष
  1.  
 मा.  एकनाथ ढकाल ९८५१०३०२४८ नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखा समानुपातिक
  1.  
 मा.  गंगा राम चौधरी ९८६५६४७७८८ नागरिक उन्मुक्ति पार्टी कैलाली-३ प्रत्यक्ष
  1.  
 मा.  छिरिङ ल्हामु लामा (तामाङ) ९८४९३५५७९१ नेपाल कम्युनिष्ट पार्टी
(माओवादी केन्द्र)
जुम्ला समानुपातिक
  1.  
 मा.  दामोदर पौडेल वैरागी ९८५६०४६५५५ नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की-३ प्रत्यक्ष
  1.  
 मा.  देवी प्रकाश भट्टचन ९८५११६९९९९ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर समानुपातिक
  1.  
 मा.डा.धवलशम्मशेर जंगबहादुर राणा ९८५८०२०२०२ राष्‍ट्रिय प्रजातन्त्र पार्टी बाँके-२ प्रत्यक्ष
  1.  
 मा. डा. नारायण खड्का ९८५१०७६७१० नेपाली काँग्रेस उदयपुर-१ प्रत्यक्ष
  1.  
 मा. नारायण प्रकाश साउद ९८५११८७९१२ नेपाली काँग्रेस कञ्चनपुर-२ प्रत्यक्ष
  1.  
 मा. पशुपति शमशेर ज.ब.रा. ९८५१०४८९५० राष्‍ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक समानुपातिक
  1.  
 मा.  प्रभु साह ९८५१०१२१४९ आम जनता पार्टी रौतहट-३ प्रत्यक्ष
  1.  
 मा.  प्रेम सुवाल ९८५१०८१३७९ नेपाल मजदुर किसान पार्टी भक्तपुर-१ प्रत्यक्ष
  1.  
 मा. भीम प्रसाद आचार्य ९८४१९८३९७७ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरी-२ प्रत्यक्ष
  1.  
 मा.  महन्थ ठाकुर ९८५१००६६६६ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल महोत्तरी-३ प्रत्यक्ष
  1.  
 मा.  माधव कुमार नेपाल ९८०११६६१९५
९८५११५५४९०
नेपाल कम्युनिष्ट पार्टी
(एकीकृत समाजवादी)
रौतहट-१ प्रत्यक्ष
  1.  
 मा.  मोहन आचार्य ९८५१२४३२१९ नेपाली काँग्रेस रसुवा-१ प्रत्यक्ष
  1.  
 मा. योगेश गौचन थकाली ९८५७६५०८८८ नेपाली काँग्रेस मुस्ताङ-१ प्रत्यक्ष
  1.  
 मा. रघुवीर महासेठ ९८५१०४३१७१ नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनुषा-४ प्रत्यक्ष
  1.  
 मा.  विमलेन्द्र निधी ९८५१०१६५५४ नेपाली काँग्रेस धनुषा समानुपातिक
  1.  
 मा. डा. शशांक कोइराला ९८५१०८९८३३ नेपाली काँग्रेस नवलपरासी पूर्व- १ प्रत्यक्ष
  1.  
 मा.  शिशिर खनाल ९८५१२३४५६२ राष्‍ट्रिय स्वतन्त्र पार्टी  काठमाडौं-६ प्रत्यक्ष
  1.  
 मा. डा. शेखर कोइराला ९८५१०५५४११ नेपाली काँग्रेस मोरङ-६ प्रत्यक्ष
  1.  
 मा. सुदन किराँती ९८५११०७७१० नेपाल कम्युनिष्ट पार्टी
(माओवादी केन्द्र)
भोजपुर- १ प्रत्यक्ष
  1.  
 मा. सुनिता बराल ९८५१०३८१२३ नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापा समानुपातिक
  1.  
 मा. हरि प्रसाद उप्रेती ९८५४०३६४१६ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सर्लाही-३ प्रत्यक्ष
  1.  
 मा.  हितबहादुर तामाङ ९८५११३२३३४ नेपाल कम्युनिष्ट पार्टी
(माओवादी केन्द्र)
नुवाकोट-१ प्रत्यक्ष
समिति गठन मिति: २०८०/०१/१५
पुनर्गठन मिति: २०८०/०५/०६, २०८०/१२/०५, २०८१/०३/१३, २०८१/०४/०८,२०८१/०४/२९

 समितिको बैठकः
      प्रतिनिधि सभा नियमावली, २०७९ मा समितिको बैठक सभापतिले आवश्यकता अनुसार बोलाउन सक्ने व्यवस्था रहेको छ । तर समितिको बैठक स्थगित भएको अवस्थामा छलफल गर्नुपर्ने विषय सहित बैठक बोलाउन उपयुक्त छ भनी समितिका एक चौथाई सदस्यले सभापति समक्ष लिखित अनुरोध गरेमा पाँच दिनभित्र सभापतिले बैठक बस्ने मिति र समय तोक्नुपर्ने व्यवस्था रहेको छ । समितिको बैठकको सभापतित्व सभापतिले वा निजको अनुपस्थितिमा समितिका सदस्यले आफूमध्येबाट छानेको व्यक्तिले गर्ने र सदस्यले छानेको व्यक्तिले सभापतित्व गरेकोमा सो कुराको जानकारी सभामुखलाई दिनुपर्ने व्यवस्था रहेको छ । समिति वा उपसमितिको बैठक संसद भवनको परिसरभन्दा बाहिर बस्नु परेमा सभापतिले सभामुखको लिखित अनुमति प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ ।  
 
गणपूरक संख्याः
        प्रतिनिधि सभा नियमावली, २०७९ मा समितिको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको सदस्य संख्याको एकाउन्‍न प्रतिशत हुने व्यवस्था छ । समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेमा सो सङ्ख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्न सक्ने व्यवस्था छ । समितिको बैठकमा लगातार दुई पटक गणपूरक सङ्ख्या नपुगेमा कम्तीमा एक तिहाई सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने र सोको जानकारी सभापतिले सभामुखलाई दिनुपर्ने व्यवस्था रहेको छ ।  
 
समिति सचिवालय:
         प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १९२ मा समितिको सचिवालय सम्बन्धी व्यवस्था रहेको छ । सो  नियमावलीको उक्त नियम अनुसार संघीय संसद सचिवालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सचिवालय रहने व्यवस्था रहेको छ । संघीय संसदको महासचिवले  संघीय संसद सचिवालयको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत वा राजपत्रांकित प्रथम श्रेणीको अधिकृतको नपुगमा राजपत्रांकित द्वितीय श्रेणीको वरिष्‍ठ अधिकृत कर्मचारीलाई समितिको सचिव भई काम गर्न तोक्ने व्यवस्था रहेको छ । समितिको सचिवले समितिको कार्य सम्पादनमा सहयोग पुर्‍याउन सम्बन्धित मन्त्रालय, विभाग वा अन्य निकायसँग आवश्यक जानकारी माग गर्न सक्ने व्यवस्था रहेको छ ।
     अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सचिवालयमा हाल कार्यरत कर्मचारीहरुको विवरण देहाय बमोजिम रहेको छ:   
क्र.सं. नाम, थर पद मोवाइल नं.
१.   श्री निर्मला देवी लामिछाने वस्ती समिति सचिव ९८४१७०१४३५
२.   श्री शारदा भण्डारी उपसचिव ९८६०१६७९००
३.   श्री प्रमिला पौडेल गौतम शाखा अधिकृत ९८५१२०१२२१
४.   श्री रविन अधिकारी नायब सुब्बा ९८४०६००३२९
५.   श्री बिनु राउत कार्यालय सहयोगी ९७६१८८५७५०, ९८२३४१८०२७

अन्य जानकारीका लागि:
सम्पर्क ठेगाना: अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सचिवालय (भवन नं.१, कोठा नं. २१३), संघीय संसद सचिवालय, सिंहदरबार, काठमाडौं ।
सम्पर्क नम्बर: ०१ - ४२०००९७, ४२११९५५, ४२०००७४
इमेल ठेगाना: irc@parliament.gov.np