कानुन, न्याय तथा मानव अधिकार समिति

परिचय

लोकतन्त्रमा नागरिकका हक, अधिकार र स्वतन्त्रताको सुनिश्चितता हुन्छ । वास्तवमा यो नै लोकतन्त्रको मूल मन्त्र हो र यसमा नै नागरिकको विश्वास अडेको हुन्छ । लोकतन्त्र जनताको शासन व्यवस्था हो । यद्यपि यसमा जनताले प्रत्यक्ष शासन गर्ने नभई उनीहरूका प्रतिनिधिमार्फत शासन सञ्चालन हुन्छ । संसदीय प्रणाली अवलम्बन गरेका देशहरूमा संसदले कानुन निर्माणजस्तो महत्त्वपूर्ण र जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्दछ । संसदको कार्यप्रणालीमा सहयोग पुर्‍याउने एवम् सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउने भूमिकाका लागि मिनी पार्लियामेन्टसमेत भनिने संसदीय समितिहरू गठन गरिन्छन् । सरकारलाई निर्देशन तथा राय, सल्लाह दिनुका साथै राज्यका अन्य निकायका कामकारबाही अध्ययन, अनुगमन गरी सचेत गराउने, ध्यानाकर्षण गराउने काम पनि संसदीय समितिले गर्दछन् ।
संघीय संसदको नियमित कार्यमा सहयोग पुर्याउन, सरकारलाई स‌ंघीय संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक राय, सल्लाह वा निर्देशन दिनसमेतका लागि नेपालको संविधानको धारा ९७ तथा प्रतिनिधि सभा नियमावली‚ २०७९ को नियम १७३ बमोजिम  गठित विषयगत समितिहरूमध्ये कानुन‚ न्याय तथा मानव अधिकार समिति एक हो । यस समितिले मानव अधिकारको सम्मान‚ संरक्षण र संवर्द्धन गर्नका लागि सरोकारवाला निकायहरूलाई आवश्यक सल्लाह‚ सुझाव तथा निर्देशन दिने गर्दछ । त्यसैगरी समितिले कानुन र न्यायको क्षेत्रमा सकारात्मक सुधार गरी लोककल्याणकारी राज्य र कानुनी राज्य स्थापनामा सरकार र सम्बन्धित निकायलाई रचनात्मक सुझाव एवम् निर्देशन दिने गर्दछ । यसको अलावा अन्तराष्ट्रिय सन्धि सम्झौता, शान्ति प्रक्रिया र मौलिक हक कार्यान्वयनको अवस्थाका विषयमा समेत समितिले अध्ययन, अनुगमन गरी आवश्यक राय‚ सुझाव तथा निर्देशन दिने गर्दछ ।

समितिको कार्यक्षेत्र:-
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम गठित कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यक्षेत्र देहायअनुसार रहेको छः-
१. कानुन‚ न्याय तथा संसदीय मामिला मन्त्रालय,
२. न्याय परिषद्,
३. न्याय सेवा आयोग,
४. महान्याधिवक्ताको कार्यालय,
५. मानव अधिकार,
६. अन्तर्राष्ट्रिय सन्धि सम्झौता,
७. शान्ति प्रक्रिया र
८. मौलिक हकको कार्यान्वयनको अवस्था र सम्बद्ध विषय तथा निकाय ।
 
 
समितिको गठन:-
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७२ मा प्रतिनिधि सभाको नियमित कार्यमा सहयोग पुर्‍याउन प्रतिनिधि सभाअन्तर्गत विषयगत समिति र विशेष समिति गठन गर्न सकिने व्यवस्था रहेको छ । प्रतिनिधि सभा नियमावलीको नियम १७५ मा विषयगत समितिमा सभामुखले प्रतिनिधि सभाको सहमति लिई पदेन सदस्यबाहेक बढीमा २७ जना सदस्य मनोनयन गर्ने व्यवस्था भए बमोजिम २०८० साल वैशाख १५ गतेको प्रतिनिधि सभाको बैठकले समितिको गठन गरेको हो ।

पदेन सदस्यः-
क्र.स. पद, नाम र थर
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली
माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया
 
समिति सदस्यहरूको विवरणः
क्र.स. नामथर (वर्णानुक्रमअनुसार) जिल्ला राजनीतिक दल सम्पर्क नम्बर
माननीय बिमला सुवेदी (सभापति) नुवाकोट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ९८५११८८५०४
माननीय गोमा लाभ (सापकोटा) महोत्तरी जनमत पार्टी ९८१७८६८६९१
माननीय चन्द्र बहादुर विश्वकर्मा रुकुम पश्चिम नेपाल कम्युनिस्ट पार्टी (एमाले) ९८६९०८५१९५
माननीय जीवन परियार कास्की नेपाली काँग्रेस ९८५१०६३७२९
माननीय ध्रुव बहादुर प्रधान नवलपरासी पश्चिम-२ राष्ट्रिय प्रजातन्त्र पार्टी ९८५१०२१६३४
माननीय नागिना यादव महोत्तरी नेपाली काँग्रेस ९८४१७७५६०७
माननीय नैनकला थापा चितवन नेपाल कम्युनिस्ट पार्टी (एमाले) ९८४१७१२१४६
माननीय पुष्प बहादुर शाह अछाम-२ नेपाली काँग्रेस ९८४१५२५४६७
माननीय पूर्ण बहादुर घर्ती रुकुम पूर्व-१ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ९८५१११०१४१
१० माननीय प्रतिक्षा तिवारी धनुषा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ९८६३०२७४२८
११ माननीय महेश कुमार वर्तौला मकवानपुर-२ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ९८५११७१४५७
१२ माननीय रन्जु कुमारी झा सप्तरी जनता समाजवादी पार्टी, नेपाल ९८५११९५७०८
१३ माननीय राम कुमार राई खोटाङ-१ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ९८५१११३१९४
१४ माननीय शेर बहादुर कुँवर अछाम-१ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ९८५११७३३२३
१५ माननीय शेर बहादुर देउवा डडेल्धुरा-१ नेपाली काँग्रेस ९८५१०८७२८८
१६ माननीय सन्तोष परियार भक्तपुर राष्ट्रिय स्वतन्त्र पार्टी ९८५११४५०२२
१७ माननीय डा. सुनिल कुमार शर्मा मोरङ-३ नेपाली काँग्रेस ९८५१०८४२८२
१८ माननीय सुशिला थिङ सिन्धुली नेपाली काँग्रेस ९८५४०४१९९९
१९ माननीय सुहाङ्ग नेम्वाङ्ग इलाम-२ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ९८५१०७०३२२
२० माननीय सोबिता गौतम काठमाडौँ-२ राष्ट्रिय स्वतन्त्र पार्टी ९८६०६६०८२७
समिति सदस्य हेरफेर मितिः २०८१।०४।२९

समितिको सचिवालय:-
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १९२ मा समितिको सचिवालयसम्बन्धी व्यवस्था रहेको छ । संघीय संसद सचिवालयअन्तर्गत समितिको सचिवालय रहेको छ । प्रतिनिधि सभाको सचिव समितिको पदेन सचिव हुने प्रावधान रहेको छ भने महासचिवले कम्तिमा राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत वा सो श्रेणीका कर्मचारी नपुग भएमा राजपत्राङ्कित द्वितीय श्रेणीको वरिष्ठ अधिकृतलाई समितिको सचिव भई काम गर्न तोक्ने व्यवस्था रहेको छ ।   
समितिको सचिवले समितिको कार्यसम्पादनमा सहयोग पुर्‍याउन सम्बन्धित मन्त्रालय, विभाग वा निकायसँग आवश्यक जानकारी माग गर्न सक्ने प्रावधान पनि रहेको छ। यसैगरी प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १९३ मा महासचिव, सचिव र समिति सचिवले सभापतिको अनुमति लिई बैठकमा विचाराधीन विषयमा आफ्नो राय दिन सक्ने व्यवस्था रहेको छ।
 
समिति सचिवालयमा कार्यरत कर्मचारीहरूको विवरण:-
क्र.स. नामथर पद/जिम्मेवारी सम्पर्क नम्बर इमेल
 रामहरि थापा समिति सचिव/ सहसचिव  ९८५१०५४०८७/९८४१५९५२०६/०१४२११७४४ rhthapa81@gmail.com
 एलिसा श्रेष्ठ शाखा अधिकृत ९८६०४२४७५४  
 दिपेन्द्र रेग्मी नायब सुब्बा ९८४०८६७७७७  
 सपना चौधरी कार्यालय सहयोगी ९८५१०८६१६४  
समिति सचिवालयको सम्पर्क:-
टेलिफोन: ०१-४२००१७२
E-mail: humanrights@parliament.gov.np
Website: www.parliament.gov.np