राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), २०८०
संक्षिप्त परिचय:
संसदीय शासन प्रणालीमा सरकार प्रत्यक्ष रूपमा संसदप्रति उत्तरदायी र जवाफदेही हुने हुनाले उसको गतिविधि तथा कार्यशैलीका सम्बन्धमा संसदमा नियमित रूपमा छलफल हुने गर्दछ । संसदको कार्यबोझ, आवधिक रुपमा चल्ने अधिवेशन, सीमित समय, हरेक निकायमा गहन ढंगले अध्ययन गर्न नसकिने अवस्था आदिलाई मध्यनजर गर्दै संसदको भूमिकामा ओझेल नपर्ने गरी संसदका नियमित तथा आकस्मिक कार्यहरुलाई निरन्तर अगाडि बढाउन संसदले आफ्ना सदस्यहरु रहने गरी कानून बमोजिम विभिन्न समितिहरु गठन गर्छ ।
नेपालको संविधानको भाग - ४ मा उल्लिखित निर्देशक सिद्धान्त, नीति तथा दायित्व राज्य सञ्चालनको मार्गनिर्देशनका रुपमा रहने र उक्त सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन गर्न राज्यले आवश्यकता अनुसार स्रोत साधनको परिचालन गर्नु, गराउनु पर्ने संवैधानिक व्यवस्था छ । साथै नेपालको संविधानको धारा ५४ मा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन र मूल्याङ्कन गर्न संघीय संसदमा कानून बमोजिम एक समिति रहने संवैधानिक व्यवस्था छ । त्यसैगरी नेपालको संविधानको धारा ९७ को उपदफा (१) को “प्रतिनिधि सभा र राष्ट्रिय सभाले संघीय कानून बमोजिम समितिहरू गठन गर्न सक्नेछन् ” भन्ने व्यवस्था रहेको छ । यसका साथै संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को परिच्छेद – ६ को नियम २८ मा संविधानको धारा ५४ बमोजिमका राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन भए नभएको अनुगमन र मूल्याङ्कन गर्नको लागि एक संयुक्त समिति रहने र सो समितिमा प्रतिनिधि सभाको सहमति लिई सभामुखले मनोनीत गरेको प्रतिनिधि सभाका १२ जना र राष्ट्रिय सभाको सहमति लिई अध्यक्षले मनोनीत गरेका राष्ट्रिय सभाका ३ जना समेत गरी जम्मा १५ जना सदस्य रहने व्यवस्था गरे बमोजिम संघीय संसदमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्ककन समिति नामक संयुक्त समितिको गठन भएको हो ।
समितिको कार्यक्षेत्रः
नेपालको संविधानको धारा ५४ मा रहेको व्यवस्था तथा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० बमोजिम नेपालको संविधानको भाग - ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन र मूल्याङ्कन गर्नु राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्ककन समितिको मुख्य कार्यक्षेत्र रहेको छ ।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम ३१ अनुसार संयुक्त समितिको कार्यसञ्चालनको लागि प्रतिनिधि सभाको कार्यसञ्चालन गर्न बनेको नियमावली बमोजिमको प्रक्रियालाई सभामुखले आवश्यकता अनुसार लागू गर्न निर्देशन दिन सक्नेछ । त्यसैगरी प्रतिनिधि सभाको कार्यसञ्चालन गर्न बनेको नियमावली बमोजिम गठित समितिलाई भएको सबै अधिकार यस समितिले आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछ ।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम ३१ अनुसार संयुक्त समितिको कार्यसञ्चालनको लागि प्रतिनिधि सभाको कार्यसञ्चालन गर्न बनेको नियमावली बमोजिमको प्रक्रियालाई सभामुखले आवश्यकता अनुसार लागू गर्न निर्देशन दिन सक्नेछ । त्यसैगरी प्रतिनिधि सभाको कार्यसञ्चालन गर्न बनेको नियमावली बमोजिम गठित समितिलाई भएको सबै अधिकार यस समितिले आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछ ।
समितिको गठनः
नेपालको संविधानको धारा ५४ र धारा ९७ तथा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को व्यवस्था बमोजिम गठित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा राष्ट्रिय सभाको मिति २०८०/०१/१५ गते बसेको बैठकले ३ जना माननीय सदस्यहरु र प्रतिनिधि सभाको मिति २०८१/०४/१५ गते बसेको बैठकले ११ जना माननीय सदस्यहरुको नाम अनुमोदन गरेको थियो। विभिन्न समयमा माननीय सदस्यहरुको हेरफेर एवं मनोनयन हुँदै आएको यस समितिमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को व्यवस्था बमोजिम समितिको मिति २०८१/०४/३१ गते बसेको पहिलो बैठकले समितिका सदस्य माननीय श्री ठाकुर प्रसाद गैरेलाई समितिको सभापतिमा सर्वसम्मतिले निर्वाचित गरेको थियो।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा हाल रहनुभएका १४ जना सदस्यहरुको विवरण देहाय बमोजिम रहेको छ:
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा हाल रहनुभएका १४ जना सदस्यहरुको विवरण देहाय बमोजिम रहेको छ:
क्र.स. | सदस्यको नाम, थर | सम्पर्क नं. | संघीय संसदको सम्बन्धित सभा |
संवद्ध राजनीतिक दल/ स्वतन्त्र/ मनोनित |
१. | सभापति मा. श्री ठाकुर प्रसाद गैरे | ९८५७०६०९८८ | प्रतिनिधि सभा | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
२. | मा. श्री तुलसा कुमारी दहाल | ९८४९७४५४७३ | राष्ट्रिय सभा | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
३. | मा. श्री दिलेन्द्र प्रसाद बडू | ९८५१०११६६६ | प्रतिनिधि सभा | नेपाली काँग्रेस |
४. | मा. श्री देव प्रसाद तिमलसेना | ९८५५०२३१६१ | प्रतिनिधि सभा | नेपाली काँग्रेस |
५. | मा. श्री प्रतिमा गौतम | ९८४१२३६७५६ | प्रतिनिधि सभा | नेपाली काँग्रेस |
६. | मा. श्री प्रभु हजरा | ९८५१११०२०९ | प्रतिनिधि सभा | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
७. | मा. श्री बुद्धिमान तामाङ | ९८५१०७३६१० | प्रतिनिधि सभा | राष्ट्रिय प्रजातन्त्र पार्टी |
८. | मा. श्री मदन कुमारी शाह (गरिमा) | ९८४१३५७७४९ | राष्ट्रिय सभा | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) |
९. | मा. श्री मोहम्मद खालिद | ९८५२८३०७३६ | राष्ट्रिय सभा | जनता समाजवादी पार्टी, नेपाल |
१०. | मा. श्री लाल प्रसाद साँवा लिम्बु | ९८५१०२५०१५ | प्रतिनिधि सभा | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
११. | मा. श्री शान्ती वि.क. | ९८५५०५३८८० | प्रतिनिधि सभा | नेपाली काँग्रेस |
१२. | मा. श्री सन्तोष परियार | ९८५११४५०२२ | प्रतिनिधि सभा | राष्ट्रिय स्वतन्त्र पार्टी |
१३. | मा. श्री सरस्वती सुब्बा | ९८४१८७७३०१ | प्रतिनिधि सभा | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
१४. | मा. श्री हितराज पाण्डे | ९८४४९१९४६४ | प्रतिनिधि सभा | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
समिति सचिवालय:
संघीय संसद सचिवालय अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सचिवालय रहेको छ । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम ९ मा महासचिव संयुक्त बैठक र संयुक्त समितिको पदेन सचिव हुने व्यवस्था रहेको छ । तर महासचिवले प्रतिनिधि सभाको सचिव वा राष्ट्रिय सभाको सचिवलाई संयुक्त बैठक वा संयुक्त समितिमा सचिव भई काम गर्न खटाउन सक्ने प्रावधान समेत उक्त नियमावलीको सो नियमले व्यवस्था गरेको छ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा हाल कार्यरत कर्मचारीहरुको विवरण देहाय बमोजिम रहेको छ:
अन्य जानकारीका लागि:
सम्पर्क ठेगाना: राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सचिवालय
(भवन नं.१, कोठा नं. ५०९), संघीय संसद सचिवालय, सिंहदरबार ।
सम्पर्क नम्बर: ०१ – ४२००४९६
इमेल ठेगाना: statedirective@parliament.gov.np
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा हाल कार्यरत कर्मचारीहरुको विवरण देहाय बमोजिम रहेको छ:
क्र.स. | कर्मचारीको नाम, थर | पद | सम्पर्क नं. |
१. | श्री सुरेश अधिकारी | समिति सचिव/ प्रतिनिधि सभा सचिव | ९८५१२५७३१६ |
२. | श्री लक्ष्मी प्रसाद गौतम | सहसचिव (कानून) | ९८४१२८१९८३ |
३. | श्री बिमला घिमिरे | उपसचिव | ९८४१८९७४३९ |
४. | श्री बालकृष्ण मिश्र | शाखा अधिकृत (कानून) | ९८४१३६१८६० |
५. | श्री विष्णु बहादुर विष्ट | शाखा अधिकृत | ९८६०१४४१४८ |
६. | श्री मोहन बोलखे | खरिदार | ९८६५२१६१११ |
७. | श्री स्वस्तिका भट्टराई | कार्यालय सहयोगी | ९८२४९०७३९६ |
अन्य जानकारीका लागि:
सम्पर्क ठेगाना: राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सचिवालय
(भवन नं.१, कोठा नं. ५०९), संघीय संसद सचिवालय, सिंहदरबार ।
सम्पर्क नम्बर: ०१ – ४२००४९६
इमेल ठेगाना: statedirective@parliament.gov.np