राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), २०८०
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम ३१ अनुसार संयुक्त समितिको कार्यसञ्चालनको लागि प्रतिनिधि सभाको कार्यसञ्चालन गर्न बनेको नियमावली बमोजिमको प्रक्रियालाई सभामुखले आवश्यकता अनुसार लागू गर्न निर्देशन दिन सक्ने व्यवस्था छ। त्यसैगरी प्रतिनिधि सभाको कार्यसञ्चालन गर्न बनेको नियमावली बमोजिम गठित समितिलाई भएको सबै अधिकार यस समितिले आवश्यकता अनुसार प्रयोग गर्न सक्ने साथै समितिको अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुने व्यवस्था छ ।
नेपालको संविधानको धारा ५४ मा रहेको व्यवस्था तथा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० बमोजिम नेपालको संविधानको भाग - ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन र मूल्याङ्कन गर्नु राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्ककन समितिको मुख्य कार्य रहेको छ। संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम ३२ अनुसार समितिले नेपाल सरकारले संविधानको धारा ५३ बमोजिम पेश गरेको प्रतिवेदनको सम्बन्धमा छलफल तथा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन र मूल्याङ्कन गरी सिफारिससहितको प्रतिवेदन तयार गरी सभामा पेश गर्नु पर्ने व्यवस्था रहेको छ।