राज्य व्यवस्था तथा सुशासन समिति

 

१. समितिको परिचय                                             
प्रतिनिधि सभाको नियमित कामकारवाहीमा सहयोग पुर्‍याउन, नेपाल सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारवाहीको नियमित अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिनका लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम गठन भएका विभिन्‍न समितिहरुमध्ये राज्य व्यवस्था तथा सुशासन समिति पनि एक हो । यस समितिले आफ्नो अधिकारक्षेत्रका विषयमा कानुन निर्माण गर्नुका अतिरिक्त सरकारलाई सुशासन, शान्ति सुरक्षा, कानुनी शासनको स्थापना लगायत विभिन्‍न गतिविधिहरुमा आवश्यक सल्लाह, सुझाव तथा निर्देशन दिँदै आएको छ ।
२. समितिको गठन
नेपालको संविधानको धारा ९७ को उपधारा १ मा प्रतिनिधि सभा र राष्ट्रिय सभाले संघीय कानुन बमोजिम समितिहरू गठन गर्न सक्नेछन् भन्‍ने संवैधानिक व्यवस्था रहेको छ । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ मा विषयगत समितिको व्यवस्था रहेको छ । उक्त नियमावलीको नियम १७५ मा विषयगत समिति गठन अन्तर्गत प्रतिनिधि सभा अन्तर्गतका प्रत्येक समितिमा सभामुखले प्रतिनिधि सभाको सहमति लिई पदेन सदस्य बाहेक बढीमा २७ जना सदस्य मनोनयन गर्ने व्यवस्था छ । त्यसैगरी प्रधानमन्त्री सबै समितिको  र समितिको कार्यक्षेत्रसित सम्बन्धित मन्त्री सो समितिको पदेन सदस्य हुने तथा समितिमा सदस्यको मनोनयन गर्दा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या, महिला, दलित, आदिवासि जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय समेतको समानुपातिक प्रतिनिधित्व गराइने, मन्त्री बाहेक कुनै सदस्य एकै साथ एकभन्दा बढी विषयगत समितिको सदस्य हुन नसक्ने जस्ता व्यवस्था रहेको छ । यिनै व्यवस्था बमोजिम २०८० साल वैशाख १५ गतेको प्रतिनिधि सभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति गठन भएको हो ।
३. समितिको कार्यक्षेत्र
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ मा व्यवस्था भए बमोजिम राज्य व्यवस्था तथा सुशासन समितिको कार्यक्षेत्र अन्तर्गत देहायका निकायहरू रहेका छन् :-
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
  • गृह मन्त्रालय,
  • रक्षा मन्त्रालय,
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
  • लोक सेवा आयोग,
  • निर्वाचन आयोग र
  • सम्बद्ध विषय तथा निकाय ।
४. माननीय सदस्यहरुको नामावली तथा दलीय सम्बद्धता
 समितिमा रहनुभएका माननीय सदस्यहरुको दलीय सम्बद्धता सहितको नामावली देहाय बमोजिम रहेको  छ :-
क्र.सं. नामावली दलीय सम्बद्धता सम्पर्क नम्बर 
१. मा. रामहरि खतिवडा(सभापति) नेपाली काङ्‍ग्रेस ९८५१०२१७९८
२. मा. अजय कुमार चौरसिया नेपाली काङ्ग्रेस ९८५१०१५९२४
३. मा. अम्बिका बस्नेत नेपाली काङ्ग्रेस ९८५१०१२७४४
४. मा. ईश्वरी देवी न्यौपाने नेपाली काङ्ग्रेस ९८५१२४२१०१
५. मा. उपेन्द्र यादव जनता समाजवादी पार्टी नेपाल ९८५१२०९५५७
६. मा. कृष्ण गोपाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९८५१०४१५५०
७. मा. गगन कुमार थापा नेपाली काङ्ग्रेस ९८५१०६७२१४
८. मा. चन्दा कार्की (भण्डारी) राष्ट्रिय स्वतन्त्र पार्टी ९८५१०२६७९३
९. मा. चित्र बहादुर के.सी. राष्ट्रिय जनमोर्चा ९८४१३४७४०४
१०. मा. दिलेन्द्र प्रसाद बडू नेपाली काङ्ग्रेस ९८५१०११६६६
११. मा. दुर्गा राई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ९८५११८६५०६
१२. मा. पृथ्वी सुब्बा गुरुङ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ९८५११०४७५६
१३. मा. प्रकाश अधिकारी जनता समाजवादी पार्टी, नेपाल ९८५१०६८८०२
१४. मा. बलराम अधिकारी नेपाल कम्युनिष्ट पार्टी(एमाले) ९८५७०५०७३२
१५. मा. बासु देव घिमिरे नेपाल कम्युनिष्ट पार्टी ( एमाले) ९८५७०२५२६६
१६. मा. बुद्धिमान तामाङ्ग राष्ट्रिय प्रजातन्त्र पार्टी ९८५१०७३६१०
१७. मा. मेनका कुमारी पोख्रेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९८५७८२४०६०
१८. मा. रघुजी पन्त नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९८४१३४६२४६
१९. मा. रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी ९८५१३७५५५५
२०. मा. राजेन्द्र कुमार राई नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९८५२०५०९९०
२१. मा. राजेन्द्र प्रसाद पाण्डे नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) ९८५१०२९२०१
२२. मा. लिलानाथ श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९८५२८३०२९१
२३. मा.  विश्व प्रकाश शर्मा नेपाली काङ्ग्रेस ९८४१३२९९९०
२४. मा. सर्वेन्द्र नाथ शुक्ला लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ९८५१००४४४४
२५. मा. सरिता प्रसाई नेपाली काङ्ग्रेस ९८४१५३६६८८
२६. मा. हितराज पाण्डे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ९८४४९१९४६४
२७. मा. हृदयराम थानी नेपाली काङ्ग्रेस ९८५१०३९३००
५. समिति सचिवालयमा कार्यरत कर्मचारी विवरण
 समितिको कार्यसम्पादनमा सहयोग पुर्याउन तथा समितिको कामकारवाहीलाई सुचारु रुपले सञ्‍चालनमा सहयोग गर्न यस समितिको छुट्टै सचिवालय रहेको छ । सचिवालयमा ६ जना कर्मचारीको दरबन्दी रहेतापनि हाल समिति सचिवालयमा देहायका ५ जना कर्मचारीहरु कार्यरत छन् :-
क्र.सं. नामावली पद
१. श्री सुरज कुमार दुरा      समिति सचिव/ सहसचिव
२. श्री प्रेमकुमार रसाईली  उपसचिव
३. श्री सबिना चालिसे शाखा अधिकृत
४. श्री अस्मीता चौलागाई नायब सुब्बा
५. श्री हिमा बस्याल कार्यालय सहयोगी (करार)
 
६. समिति एवम् सचिवालयको सम्पर्क ठेगाना
राज्य व्यवस्था तथा सुशासन समिति एवम् समिति सचिवालयको सम्पर्क ठेगाना देहाय बमोजिम रहेका छन् :-
सभापति/सचिव कार्यकक्ष सचिवालय
१ माननीय श्री रामहरि खतिवडा(सभापति) ४२००३११ फोन नं. : ४२००३४४
इमेल : sagc@parliament.gov.np
वेबसाइट: https://hr.parliament.gov.np/ np/ committees/State-Affairs-Committee
२. श्री सुरज कुमार दुरा (सचिव)
 
४२०००५३