विधि व्यवस्थापन महाशाखा (प्रतिनिधि सभा)

महाशाखाले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम उल्लेख गर्न सकिन्छ –

  • सदनमा प्रस्तुत गरिने विधेयक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने ।
  • सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने ।
  • संसदमा प्रस्तुत गर्ने सन्धि सम्झौता अनुमोदनका लागि आवश्यक समन्वय गर्ने, गराउने ।
  • विधेयकसँग सम्बन्धित विषयमा कार्यव्यवस्था महाशाखासँग आवश्यक समन्वय गर्ने, गराउने ।
  • सभामा पेश गरिने विधेयकको प्राथमिकता निर्धारणका सम्बन्धमा आवश्यकतानुसार परामर्श दिने ।
  • सदनमा प्रस्तुत गरिने विधेयकका सम्वन्धमा सम्वन्धित मन्त्रालयहरुसँग आवश्यक समन्वय गर्ने, गराउने ।
  • सचिवालयमा दर्ता भएका विधेयकमाथि प्रारम्भिक जाँच गर्ने, गराउने ।
  • विधेयकको सन्दर्भमा जनताको राय सुझाव लिने निर्णय भएमा सो सम्वन्धी कार्य गर्ने, गराउने ।
  • विधेयक पारितको क्रममा पु-याउनु पर्ने प्रकृयागत कारवाही पूरा गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्ने, गराउने ।