संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा

महाशाखाले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम रहेको छः –

  • संसदीय गतिविधिहरुको अध्ययन अनुसन्धान गर्ने गराउने,
  • संसदीय गतिविधिहरुको अध्ययन अनुसन्धानका लागि विज्ञहरुको रोष्टर तयार गर्ने, गराउने,
  • माननीय सदस्यहरुले माग गरेका विषयमा सन्दर्भ सामग्रीहरुको संकलन गरी उपलव्ध गराउने व्यवस्था मिलाउने,
  • प्रत्यायोजित विधायन सम्बन्धमा अध्ययन गर्ने, गराउने,
  • पुस्तकालयको समुचित व्यवस्थापन गर्ने, गराउने,
  • संसद र नागरिककाबीच सम्बन्ध स्थापित गर्ने सम्बन्धमा आवश्यक कार्यहरु गर्ने, गराउने,
  • संसदीय संग्रहालयको व्यवस्थापन गर्ने, गराउने,
  • सचिवालयको काम सुचारु रुपले संचालन गर्न संगठनात्मक स्वरुप तथा कार्य प्रक्रिया सम्बन्धी अध्ययन, अनुसन्धान तथा विश्लेषण गर्ने,
  • सचिवालयको संगठन तथा कार्यविधिका सम्वन्धमा अध्ययन तथा अनुसन्धान गर्ने, गराउने,
  • राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयहरुमा प्रकाशित लेख विचारहरु संकलन गरी गराई आवश्यकतानुसार  अनुवाद गर्ने, गराउने तथा सोधपूर्ण लेख टिप्पणी तयार गर्ने, गराउने,
  • अन्तरव्यवस्थापिका संघद्वारा प्रकाशित हुने अभिलेखका अतिरिक्त संसदीय विकास सम्बन्धी लेख रचनाहरु संकलन गरी आवश्यकतानुसार वितरण गर्ने, गराउने,
  • संसदीय व्यवस्था अपनाएका अन्य मुलुकहरुका सम्बन्धमा तुलनात्मक अध्ययन गरी संसदको इतिहास, संसदीय अभ्यास प्रचलन प्रक्रिया सम्बन्धी प्रलेखहरु प्रचार गर्ने, गराउने,
  • संसद सम्बन्धी परिचय–पुस्तिका तयार गर्ने र त्यसलाई अद्यावधिक गर्ने, गराउने,
  • सांसदहरुलाई आवश्यक पर्ने कानूनी, सूचना तथा खोजपूर्ण सामग्रीहरु तयार गरी उपलब्ध गर्ने, गराउने,
  • संसदीय गतिविधिका सम्बन्धमा समाचार प्रसार र प्रकाशनको आवश्यक व्यवस्था गर्ने गराउने,
  • अध्ययन, अनुसन्धान लगायतका अभिमुखीकरण समेतका सभा, गोष्ठी, सम्मेलन आदिको आयोजना गर्ने, गराउने,
  • सविचालय मार्फत संसदीय गतिविधिहरुको प्रसारण गर्ने सम्वन्धमा आवश्यक नीतिगत तथा व्यवस्थापकीय कार्य गर्ने, गराउने ।