कार्यव्यबस्था परामर्श समिति


प्रतिनिधि सभा कार्यव्यबस्था परामर्श समितिको बैठक सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा ज्यूको अध्यक्षतामा आज २०७७ जेठ ३ गते दिउँसो १ बजे सिंहदरबारमा बस्यो । बैठक संसदमा प्रतुत नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सञ्चानलका विषयमा केन्द्रीत भयो । जस अनुसार यहि जेठ ४ र ५ गते २ दिन छलफल हुुने, सम्पुर्ण सुरक्षा सतर्कता अपनाएर बैठक सञ्चालन गर्ने,  छलफल छोटो बनाउने, ६ गते छलफलका क्रममा उठेका प्रश्नको सम्माननीय प्रधानन्त्रीले जवाफ दिनेगरी व्यबस्था गर्ने निर्णय भयो ।