सिन्धुपाल्चोकको विपदग्रस्त क्षेत्रमा सम्माननीय सभामुख


सभामुख अग्निप्रसाद सापकोटाद्घारा बाढीग्रस्त क्षेत्रको स्थलगत जानकारी लिई उद्दारमा पहल 
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा आज सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं ५ जम्बुस्थित बाढी, पहिरो र डुबानग्रस्त क्षेत्रमा पुुग्न भई त्यहाँ भएको जनधनको क्षति र विपत्तिले निम्त्याएको विध्वंशबारे जानकारी लिनुुभएको छ । 
स्थलगत अवलोकनपछि उहाँले पीडितहरुसँग छलफल गरी राहत र उद्दारका लागि यथाशक्य पहल गर्ने बताउनुुभयो । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सो क्षेत्रमा विस्थापितहरुलाई बास, राहत, हराइरहेकाहरुको खोजीका लागि सबै खाले पहल र प्रयत्न हुने बताउनुुभयो । 
सभामुख सापकोटाले खोज, उद्धार र राहतका लागि गृह मन्त्रालयसँग समन्वय गरिएको जानकारी दिँदै जम्बुमा रहेका सम्बद्ध सबैलाई आवश्यक निर्देशन दिनुुभयो ।   
आजै सदरमुकाम चौतारा पुुगेर उहाँले जिल्ला विपद् व्यबस्थापन समितिका अधिकारीहरुलाई उद्दार र राहतका लागि यथाशक्य जुुट्न निर्देशन दिनुुभयो । सभामुख सापकोटाको पहलमा जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको रकम जिल्ला विपद् जोखिम व्यबस्थापनका लागि खर्च गर्न स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय भएको छ । 
यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले जम्बु घटनामा मृत्यु भएका निकेश बस्नेत र नियोन बस्नेतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुुभएको छ । उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुुभएको छ । साथै सभामुख सापकोटाले बिस्थापित पीडितलाई छिट्टै राहतका लागि पहल गरिएकोले धैर्य गरिदिन आग्रह पनि गर्नुभएको छ । 
उहाँकै पहलमा ६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाण्डौ ल्याइएको छ । सभामुख सापकोटाले बाढी र पहिरोमा परी बेपत्ता २१ जना नागरिकको खोजीका लागि निरन्तर पहल गर्न निर्देशन पनि दिनुभएको छ । 
२०७७ असार २५,