रुकुम घटनाको प्रतिवेदन सभामुखलाई
रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटना छानविन संसदीय विशेष समितिले आज सम्माननीय सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवदेन बुझाएको छ।
सिंहदरबारस्थित संसद सचिवालयमा समितिका संयोजक समेत रहनुभएका मा. देवेन्द्र पौडेलले सभामुख सापकोटालाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
२०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।
सभामुख सापकोटाले विषम परिस्थितिमा पनि निर्धारित समयभित्रै कार्य सम्पन्न गरि प्रतिवेदन बुझाएकोमा समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यसलाई अध्ययन गर्ने र अघि बढाउन ढिला नगर्ने बताउनुभयो ।
२०७७ असार ३० गते