समितिका सभापतिहरुसंगको छलफल
आज संघीय संसद सचिवालयमा सम्माननीय सभामुुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, राष्ट्रिय सभाका माननीय उपाध्यक्ष शशीकला दाहालको उपस्थितिमा प्रतिनिधि सभाका, राष्ट्रिय सभाका र दुबै सदनका संयुक्त समितिका माननीय सभापतिज्यूहरुसंग छलफल भयो ।
छलफलको विषयहरुमा समितिका काम कारबाही, समस्या, समाधान र विविध रहेका थिए ।
बैठकमा समितिका माननीय सभापतिहरुले आ–आफ्नो समितिले गरेका काम, भोग्नुपरेको समस्या, खोजिएको समाधानबारे भनाई राख्नुभयो ।
छलफलमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका माननीय उपाध्यक्ष शशीकला दाहालले सभापतिहरुले उठाउनुभएका विषयहरुमा आफ्नो धारणा राख्नुभयो । छलफलका क्रममा यस्ता बैठकहरु नियमितिरुपमा रुपमा राख्ने विषयमा सहमती भयो ।
बैठकमा प्रतिनिधि सभाका १० मध्ये ८, राष्ट्रिय सभाका ४ र संयुक्त समितिका २ मध्ये १ गरि १३ जना सभापतिहरुको उपस्थिति रहेको थियो ।
मिति २०७७ साल साउन ५ गते