दशैं, तिहार, छठ लगायतका राष्ट्रिय पर्वहरु र नेपाल सम्वत् ११४१ को अवसरमा सम्माननीय सभामुखज्यूको शुभकामना


शुभकामना 

दशैं, तिहार, छठ लगायतका राष्ट्रिय पर्वहरु र नेपाल सम्वत् ११४१ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।  

बर्षभरि आइरहने चाडपर्वहरु नेपाली संस्कृतिका मौलिक विशेषता हुन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा मनाइने चाडपर्वहरुले विविधताबीचको एकता, सामाजिक सद्भाव एवम् व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्ने काम गर्दै आएका छन् । 

यो बर्ष प्राकृतिक विपत्ति र कोभिड–१९ को महामारीका कारण ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।   

विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलनका लागि सहजता छैन । यो बर्षका चाडपर्वहरु कोभिड–१९ को महाव्याधिलाई जीवन पद्धती बनाउँदै यसलाई परास्त गर्ने संकल्पका लागि आपसी छलफल गर्ने अवसर बन्ने छ भन्ने विश्वास लिएको छु ।  

परिवर्तित समयलाई ख्याल गर्दै, कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर यथासंभव बसोबास गरिरहेको स्थानमा नै चाडपर्व मनाउन सबैमा अपिल गर्दछु ।
२०७७।०७।०६
अग्निप्रसाद सापकोटा 
सभामुख