भावपूर्ण श्रद्धाञ्जली


भावपूर्ण श्रद्धाञ्जली ! 

संघीय संसद, प्रतिनिधि सभाका पूर्वसभामुख, प्रतिनिधि सभा सदस्य माननीय कृष्णबहादुर महराकी पत्नी सीता महराको आज विहान असामयिक निधनको खबरले मलाई मर्माहत बनाएको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी पाएको थिएँ । स्वास्थ्यलाभ गरेर फर्कनुहुने विश्वास थियो । तर, आज विहान दुःखद निधन भएको खबरले स्तब्ध बनाएको छ ।  
दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । माननीय कृष्णबहादुर महरा, दुई छोरा, दुई छोरी लगायत शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।  

२०७७।०७।१९ , अग्निप्रसाद सापकोटा