माघे संक्रान्ति/माघीका अवसरमा सम्माननीय सभामुखज्यूको शुभकामना



                                     शुभकामना

माघे संक्रान्ति/माघी पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 

तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको छ । थारु समुदायले माघीलाई महत्वपूर्ण चाड एवं नयाँ बर्षका रुपमा मनाउने गर्छन् भने माघे संक्रान्तिलाई विभिन्न परिकार बनाएर खाने दिनका रुपमा पनि लिइन्छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो । त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका सँस्कृतिहरु हाम्रा मौलिक विशेषता हुन् । हाम्रा सँस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी कायम रहेकोले यस बर्षका अरु चाडपर्वहरुमा जस्तै माघे संक्रान्ति/माघी पर्व पनि उच्च स्वास्थ्य सतर्कताकासाथ मनाउनुहुन सबैमा अपिल गर्दछु । 

अन्त्यमा, यस पर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु । 

२०७७।१०।०१                                                   अग्निप्रसाद सापकोटा