विधेयक प्रमाणित


सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद, प्रतिनिधि सभाको मिति २०७९ असार ७ गते मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाबाट भएका संशोधनहरु सर्वसम्मतिबाट स्वीकृत भएपछि पारित “बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६" र “बिउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६" आज प्रमाणित गर्नु भएको छ । अब सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयकले कानुनी रुप लिने छ ।
२०७९ असार १३