सभामुख नेतृत्वको संसदीय प्रतिनिधिमण्डल अजरबैजान प्रस्थान


प्रेस विज्ञप्ति
 
अजरबैजानको संसदको आयोजनामा २०७९ असार १६-१८ (June 30 - July 2, 2022) सम्म Baku, Azerbaijan मा हुन गइरहेको Non Aligned Movement Parliamentary Network को सम्मेलनमा - संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाज्यूको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल २०७९ असार १४ गते मंगलवार बिहान ११:१५ मा त्यसतर्फ प्रस्थान गर्यो । प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका माननीय सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका माननीय सदस्य रामचन्द्र राई र सम्माननीय सभामुखज्यूको स्वकीय सचिव गोविन्द पाठक रहनु भएको छ ।
 
उक्त कार्यक्रममा सम्माननीय सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसदहरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्नुहुँदै सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सम्मेलनमा Statute on working modalities of the Non Aligned Movement Parliamentary Network अनुमोदन गर्ने तथा Baku Declaration जारी गर्ने कार्यक्रम रहेको छ । सम्मेलनका क्रममा सम्माननीय सभामुखबाट विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ
 
सम्मेलन तर्फ प्रस्थान गर्नुहुने प्रतिनिधि मण्डलका सहभागीलाई नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरी, संघीय संसदका महासचिव र प्रतिनिधि सभाका सचिव लगायतले बिदाई गर्नुभएको थियो । प्रतिनिधिमण्डल २०७९ असार १९ गते आइतबार बेलुका नेपाल फर्कने समय तालिका रहेको छ ।
 
डा. रोजनाथ पाण्डे
प्रवक्ता
२०७९ असार १४