बकर इदका अवसरमा सम्माननीय सभामुखज्यूको शुभकामना सन्देश


बकर इद २०७९ को शुभकामना

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इदका अवसरमा यो पर्व मनाउनु हुने नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
 
सामूहिक रुपमा नमाज पढेर, आफन्त र प्रियजनहरुसँग शुभकामना साटासाट गरी मनाइने यो पर्वले शान्ति र भाइचाराको सन्देश दिने विश्वास लिएको छु ।
फरक–फरक जातजाति र धर्मावलम्बीहरुले आफ्ना मौलिक रितिरिवाज एवं चाड पर्वहरु मनाइरहँदा यसबाट हाम्रा धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधता प्रतिबिम्बित भइरहेका छन्, नेपालीपनलाई जीवन्त बनाउन मद्दत पुगिरहेको छ । विविधता बीचको एकता कायम राखेकै कारण नेपाल विश्वसामु उदाहरणीय छ । हाम्रा धार्मिक, सांस्कृतिक एवं सामाजिक विविधता एवं पहिचानमाथि गर्व गरिरहँदा यिनको संरक्षण गर्ने सामूहिक दायित्व नभूलौं ।  
अन्त्यमा, बकर इद पर्वले हामीबीच मजबुत राष्ट्रिय एकता, धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।    
२०७९।३।२६
                                                                                         अग्निप्रसाद सापकोटा