विधेयकहरु प्रमाणित २०७९ असार ३०


सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदका दुबै सदनका बैठकहरुबाट विभिन्न मितिमा पारित भएका तपसिलका विधेयकहरु आज प्रमाणित गर्नु भएको छ 
तपसिल
१) तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, 
२) यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक,
३) फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक,
४) नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,
५) सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक । 

प्रमाणति विधेयकहरु सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनी रुप लिने छ । 
२०७९ असार ३० गते