उपसभामुखको पद तथा गोपनीयताको शपथ


 
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिधि सभाका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा माननीय उपसभामुख पुष्पा भुसाल गौतमलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। समारोहमा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको पनि उपस्थिति रहेको थियो।
२०७९ साउन १ आइतबार, शीतल निवास काठमाडौं