अन्तरव्यवस्थापिका संघको १४५औँ महासभा


अन्तरव्यवस्थापिका संघको १४५औँ महासभा २०७९ असोज २५ देखि २९ सम्म रुवाण्डाको किगाली सहरमा हुन गइरहेको छ । यस सम्मेलनमा नेपालबाट ९ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहनेछ ।  प्रतिनिधिमण्डलमा संघीय संसद, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको नेतृत्वमा देहायबमोजिम सदस्यहरू रहनुभएको छ ।
१. राष्‍ट्रिय सभाका सदस्य मा. प्रकाश पन्थ
२. राष्‍ट्रिय सभाका सदस्य मा. नरपति लुवार
३. राष्‍ट्रिय सभाका सदस्य मा. विना पोखरेल
४. राष्‍ट्रिय सभाका सदस्य मा. नन्दा चपाई
५. संघीय संसदका महासचिव डा. भरत राज गौतम
६. राष्‍ट्रिय सभाका सचिव श्री राजेन्द्र फुँयाल
७. उपसचिव श्री दशरथ धमला
८. सम्माननीय अध्यक्षज्यूका स्वकीय सचिव श्री उदय तिमिल्सिना