समितिद्वारा सभामुख समक्ष प्रतिवेदन पेश २०७९ असोज १


२०७८ साल फागुन २२ गते आइतबार नेपालको संविधानको धारा १०१ को उपधारा (३) र (४) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६२ बमोजिम गठित ११ सदस्यीय महाभियोग सिफारिस समितिले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटालाई आज छानबिन प्रतिवेदन बुझाएको छ ।
२०७९ साउन २२ गतेको प्रतिनिधि सभा बैठकमा मा० देवप्रसाद गुरुङ्गले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथिको छलफल भएको थियो भने सोही दिन उक्त महाभियोगको प्रस्तावलाई नियमावलीको नियम १६२ बमोजिम गठित महाभियोग सिफारिस समितिमा पठाइएको थियो ।
मिति २०७९ असोज १ गते, संघीय संसद सचिवालय सिंहदरबार ।