सम्माननीय सभामुखज्यूको पदवहाली


आज मिति २०८२ चैत २२ गते संघीय संसद, प्रतिनिधि सभाका नवनियुक्त सम्माननीय सभामुख श्री डोल प्रसाद अर्यालज्यूले सम्माननीय राष्ट्रपतिबाट सभामुख पदको पद तथा गोपनीयताको सपथ ग्रहण पश्चात सिंहदरबार स्थित कार्यकक्षमा पदवहाली गर्नुभयो । उक्त अवसरमा संघीय संसदका महासचिव, सभाका सचिवहरु, सचिवालय सचिवहरु लगायत संघीय संसद सचिवालयका कर्मचारीहरुबाट स्वागत तथा कार्यकालको शुभकामना ग्रहण गर्नुभयो । यसका साथै, सम्माननीय सभामुखज्यूले संसदीय मामिला पत्रकारहरुसँग संक्षिप्त अन्तरक्रिया समेत गर्नुभयो ।

ट्यागहरु: