अन्तर्राष्टिय गोष्ठीमा सहभागी हुने बारे ।
उपरोक्त सम्बन्धमा राष्टिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले वसन्तपुरमा असोज ४, ५ र ६ गते (तीन दिवसीय) "लोकतान्त्रिक उत्सव" कार्यक्रमको अायोजना गर्न गइरहेको छ ।
वसन्तपुरको नासल चोकमा असोज ४ गते अपरान्ह हुने उद्घाटन सत्रमा समितिका सम्मूर्ण माननीय सदस्यहरुलाई सहभागिताको लागि अनुरोध छ ।
उद्घाटन सत्रपछि हुने दुईदिने अन्तर्राष्टिय गोष्ठिमा देहायबमोजिमका माननीय सदस्यहरुलाई सहभागिताको लागि निवेदन गरिन्छ ।
- मा० श्री उमाशंकर अरगरिया
- मा० श्री कृष्णभक्त पोखरेल
- मा० श्री मिन वहादुर विश्वकर्मा
- मा० श्री विमला वि. क.
उक्त गोष्ठीमा नेपालका सांसद बाहेक डेनमार्क, बृटेन तथा केन्याका सांसद तथा विज्ञहरुको सहभागिता रहनेछ ।