सार्वजनिक, ऐलानी र वनक्षेत्र जनिएको भूमिको व्यवस्थापन सम्बन्धमा छलफल गर्न मिति २०७६।०५।०८ गते आईतबार विहान १०:३० बजे बस्ने यस समितिको बैठक सम्बन्धी सूचना । ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।०५।०८ गते आईतबार,

समयः विहान १०:३० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१. सार्वजनिक, ऐलानी र वनक्षेत्र जनिएको भूमिको व्यवस्थापन सम्बन्धमा  छलफल,

२. विविध ।

आमन्त्रित:

१. माननीय वन तथा वातावरण मन्त्री श्री शक्तिबहादुर बस्नेत ।

२. माननीय भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री श्री पद्माकुमारी अर्याल ।