समितिको बैठक सम्बन्धी सूचना


      यस समितिकोे बैठक देहायको मिति, समय र स्थानमा बस्‍ने तय भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु ।  

छलफलको विषयः- सङ्घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको टुंगोमा पुर्‍याउन बाँकी विषयहरुमाथि छलफल।     

मितिः- २०७६।१२।०२ गते, आइतबार,

समयः- विहान ११ः०० बजे,

स्थानः- राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौं ।