समितिको बैठक सम्बन्धी सूचना
यस समितिकोे बैठक देहायको मिति, समय र स्थानमा बस्ने तय भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु ।
छलफलको विषयः- विपद व्यवस्थापनका साथै नेपाल भारत सीमा क्षेत्रमा भारतद्वारा निर्माणाधिन सडक र सीमा सुरक्षाका विषयमा छलफल ।
मितिः- २०७७।०२।१६ गते, शुक्रबार
समयः- दिनको १:०० बजे,
स्थानः- काठघर नं. २ को सभाकक्ष, सिंहदरबार, काठमाडौं ।