दैनिक कार्यसूची : २०७७ जेठ २५ गते


संघीय संसद

राष्ट्रिय सभा

 छैटौँ अधिवेशन

बैठक - १७

२०७७ जेठ २५ गते आइतवार

बिहान ११:०० बजे

दैनिक कार्यसूची

 
    राष्ट्रपतिको कार्यालयको पत्र  

सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने ।

    प्रतिवेदन पेश  
माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले "राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन २०७५/०७६" सभा समक्ष पेश गर्नुहुने ।
    व्यवस्थापन कार्य  
विधायन व्यवस्थापन समितिका माननीय सभापति परशु राम मेघी गुरुङले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त "बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५" सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने ।

माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले "प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओलीले "तथ्याङ्क विधेयक, २०७६ लाई दफावार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय घनश्याम भुसालले,-

 

(क) प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित "विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

 

(ख) प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त "विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ लाई पारित गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

   

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव