दैनिक कार्यसूची : २०७७ असार १ गते


संघीय संसद

राष्ट्रिय सभा

 छैटौँ अधिवेशन

बैठक - २३

२०७७ असार १ गते सोमवार

बिहान ११:०० बजे

दैनिक कार्यसूची

 
    व्यवस्थापन कार्य  

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त निम्न विधेयकहरु टेबुल गर्नु हुनेः-

(क) “आर्थिक विधेयक, २०७७”

(ख) “राष्ट्र ऋण उठाउने विधेयक, २०७७”

(ग)  “ऋण तथा जमानत (तेईसौ संशोधन) विधेयक, २०७७” र

(घ) “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७” ।

 

 

विनियोजन विधेयकमाथिको छलफल  

विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकहरुमध्ये निम्नलिखित मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुने ।

१. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय

२. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

३. भौतिक पूर्वाधार तथा यातायात  मन्त्रालय

४. सहरी विकास मन्त्रालय

५. खानेपानी मन्त्रालय

६. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

७. युवा तथा खेलकुद मन्त्रालय

८. अर्थ  मन्त्रालय

९. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

१०. श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालय

११. वन तथा वातावरण मन्त्रालय

माननीय प्रकाश पन्थले “विनियोजन विधेयक, २०७७ अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रूपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

माननीय तारादेवी भट्टले “विनियोजन विधेयक, २०७७ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रूपैयाँ घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

माननीय जितेन्द्र नारायण देवले “विनियोजन विधेयक, २०७७ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

माननीय जितेन्द्र नारायण देवले “विनियोजन विधेयक, २०७७ अन्तर्गत सहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रूपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत
गर्नुहुने ।

माननीय प्रकाश पन्थले “विनियोजन विधेयक, २०७७ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रूपैयाँ घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

माननीय अनिता देवकोटाले “विनियोजन विधेयक, २०७७ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ‍मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रूपैयाँ घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

माननीय प्रकाश पन्थले “विनियोजन विधेयक, २०७७ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रूपैयाँ घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

१०

माननीय जितेन्द्र नारायण देवले “विनियोजन विधेयक, २०७७ अन्तर्गत अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

११

माननीय प्रकाश पन्थले “विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

१२

माननीय अनिता देवकोटाले “विनियोजन विधेयक, २०७७ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रूपैयाँ घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

१३ माननीय रमेश जंग रायमाझीले “विनियोजन विधेयक, २०७७ अन्तर्गत वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रूपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।
   

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव